ट्रेनडीङ नं १ मा पर्यो “लिलिबिली” को “ईज ईट लव”
screennepal
प्रकाशित: २०७४, ३ माघ बुधबार
no img

स्क्रिननेपाल डटकम :
माघेसंक्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको बहुप्रतिक्षित चलचित्र “लिलिबिली” को “ईज ईट लव” बोलको पहिलो गीत २ दिन नबित्दै युटुब ट्रेनडीङ नं १ मा पर्न सफल भएको छ । यो समाचार तयार पारिसक्दा गीतलाई ६ लाख ५ हजार ६३१ जनाले हेरिसकेका छन् । यस्तै गीतलाई १२ हजार लाईक र ७७७ डिसलाईक र १९२२ कमेन्ट प्राप्त भएको छ । चलचित्रको लागि यो निकै राम्रो उपलब्धि हो । हुन त यो हुनुमा गीतको शब्द संगीत र भिडियोको दृष्यांकनले ठुलो मदत गरेको देखिन्छ । भिडियो नेपालमा नभएर यूरोपमा रमणीय दृश्यमा खिचिएको हो जसकारण भिडियोमा लोभलाग्दा दृश्यहरु कैद भएको छ जसले कसैको पनि मन जित्न सक्छ ।

यस गीतमा राजेश कुमार श्रेष्ठको शब्द , एलिश कार्कीको संगीत र प्रताप दास र मेलिना राईको स्वर समावेश रहेको छ । रोमान्टिक भर्जनको यो गीतले यति बेला प्रतिक्रिया पनि निकै राम्रो प्राप्त गरिरहेको छ । भिडियोमा नायक प्रदीप खड्का र नव नायिका जसिता गुरुङको रोमान्टिक अवतार पनि निकै सुहाउदो देखिएको छ । यसकारण यो जोडी पर्दामा सफल नै हुने अनुमान यति बेला सबैले लगाउन थालिसकेको अवस्था छ । चलचित्र बैशाख १४ गते देखि देशभर प्रदर्शन हुदैछ ।

काफिया फिल्मस् , सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण रहेको चलचित्रमा प्रदीप खड्का , जसिता गुरुङ , प्रियंका कार्की , अनुप विक्रम शाही , रितेश चाम्स , सबिन श्रेष्ठ लगाएतका कलाकारहरुको अभिनय रहेको छ । यस्तै चलचित्रमा सुदिप बरालको छायांकन , चन्द्र पन्तको द्वन्द , अर्जुन जिसीको सम्पादन र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । यस्तै चलचित्रमा गोबिन्द शाही , सुदिप खड्का र मिलन चाम्सको लगानी रहेको छ ।

हेर्नुस भिडियो :

Comments