गीत संगीतको दुनियामा बेग्लै पहिचान बनाउदै बहुमुखी प्रतिभाका धनि गायक तिर्थराज राई
screennepal
प्रकाशित: २०७४, ३ माघ बुधबार
no img

स्क्रिननेपाल डटकम :
संगर्ष बिना कोहि पनि अगाडी बढ्न सक्दैन । यो धेरैलाई थाहा भएकै कुरा हो । यो हरेक ठाउँमा लागु हुन्छ । यस्तै नेपाली गीत संगीत क्षेत्रमा पनि संगर्षले ठुलो भूमिकामा खेलेको देखिन्छ । हुन त संगर्ष नगर्ने त कोहि पनि हुदैनन् होला तर संगर्ष गर्दै हार खाएर पछि हट्ने भने धेरै नै हुन्छन । तर जस्तो समस्या आए पनि हार नखाएर निरन्तर संगर्ष गर्दै अगाडी बढेका व्यक्तिहरु पनि नेपाली गीत संगीत क्षेत्रमा स्थापित रहेको पाइएको छ । त्यसै मध्यका एक हुन् गायक तिर्थराज राई । उनि गायक मात्र होइन एक अब्बल शब्द रचनाकार र संगीतकार पनि हुन् । उनले आफुलाई यी ३ वटै विधामा अब्बल रहेको साबित गरिसकेका छन् । यसै शिलशिलामा उनले आफ्नो पहिलो एल्बम निकालिसकेका छन् जसको अधिकांश गीतमा उनको शब्द संगीत रहेको छ । उनले आगामी दिनहरुमा पनि गायिकी र संगीतलाई संग संगै अगाडी बढाउने प्रतिबध्ता जाहेर गरेका छन् ।

उनले नेपाली गीत संगीत क्षेत्रमा संगर्ष गर्न थालेको पनि १ दशक बितिसकेको छ । तर अनुभव बटुलेर र धेरै कुराको ज्ञान आर्जन गरेर उनि बिगत ४ बर्ष देखि केहि नया गर्ने उदेश्यले अगाडी बढिरहेका छन् । सानै देखि उनको गीत संगीत प्रतिको रहरले उनलाई आज यो स्थानमा लिएर आएको उनि बताउछन् । गीत संगीत उनको रहर र इच्छा मात्र होइन चाहना रहेको उनले बताए । आफ्नो नशा नशामा संगीत रहेको उनको भनाई रहेको छ । सधै सबैबाट केहि न केहि कुरा सिक्ने खुबी राख्छन् उनि । यसै कारण होला उनले कहिले पनि हार खाएनन र जस्तो परिस्थित आएपनि पछि हटेनन । धेरै व्यक्ति रहरले यस क्षेत्रमा आएको प्रशस्त उदहारणहरु रहेको छ । तर उनि रहर , इच्छा र चाहनाको साथमा केहि गर्छु भनि दृढ संकल्प सहित उचित ज्ञान र अनुभव लिएर यस क्षेत्रमा आए । उनले बटुलेको अनुभवले उनलाई यो सांगीतिक यात्रामा धेरै मदत पुर्याएको उनि बताउछन् ।


यहि यात्राको क्रममा उनले आफ्नो एल्बम बाहिर लिएर आउने तयारी गरे । उनको पहिलो एल्बमको नाम म “यस्तो गीत गाउछु हो” । उनको यस एल्बममा उनले ५ वटा गीत समावेश गरेका छन् । उनले ५ वटै गीतको रेकर्डिङ कार्य पनि सकिसकेका छन् । यस एल्बममा समावेश ३ वटा गीतमा भने स्वयम उनको शब्द संगीत र स्वर समावेश रहेको छ । त्यसै मध्यको एक “पागलै बनुकी म” बोलको गीत उनले केहि समय अगाडी नै सार्वजनिक गरिसकेका छन् । यस गीतमा स्वयम गायक तिर्थराज राईको शब्द संगीत र स्वर समावेश रहेको छ । यस्तै यस गीतलाई डम्बर लिम्बुले अरेन्ज गरेका हुन् । गीतको भिडियो पनि निकै मार्मिक तयार भएको देखिन्छ । भुपेन्द्र तुम्बाहाम्फेको निर्देशन र छायांकन र डीडुस गजुरेलको सम्पादन रहेको भिडियोमा देव राई , पूनम भण्डारी र सगुन नामबाङको अभिनय रहेको छ । उनले आफ्नो यस गीतलाई आफ्नै नामको युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।

यस्तै उनको फेरी नया गीत पनि अब रिलिजको तयारीमा छ । केहि समय अगाडी मात्र छायांकन सकेर सम्पादनको काम भईरहेको गीतको भिडियो अबको केहि दिनमा नै सार्वजनिक हुने उनले बताए । उनले अबको प्रस्तुति अनुरुप “बाचुन्जेली जिन्दगी” बोलको गीत सार्वजनिक गर्ने तयारीमा रहेको उनले बताए । यो गीत पनि उनको पहिलो एल्बम भित्र नै समावेश रहेको उनले बताए । यस गीतमा पनि उनि स्वयमकै शब्द संगीत रहेको उनले जानकारी दिए । यस्तै स्वरमा भने यस गीतमा उनलाई सम्झना ओलीले साथ दिएकी छिन् । यस गीतको भिडियो पनि निकै राम्रो तयार भएको उनको भनाई रहेको छ । भुपेन्द्र तुम्बाहाम्फेको निर्देशन र छायांकन रहेको यस गीतको भिडियोमा भने नायिका रेखा फागो , हेमन हाङ राई र स्नेहा भण्डारीको अभिनय रहेको छ । यस्तै उनले यस पछि लगतै पहिलो एल्बममा नै समावेश “घात गरि” बोलको गीतको छायांकन सुरु गर्ने जानकारी दिए ।

उनले आफुले धेरै अनुभव बटुले पनि सधै सिक्ने मोह नै राखे । यसै अनुरुप उनि बिगत ४ बर्ष देखि संगीत सिकि पनि रहेका छन् । उनले आफु पूर्ण रुपमा नेपाली गीत संगीतमा नै लाग्ने जानकारी दिए । गीत संगीत देखि टाढा आफु जान नसक्ने उनले बताए । आगामी दिनमा उनले नेपाली गीत संगीत प्रेमी दर्शक श्रोताहरुको लागि नया अनि फरक प्रस्तुति पेश गर्ने प्रतिबध्ता समेत उनले जाहेर गरे । पहिलो प्रस्तुति नै राम्रो गर्ने गायकहरुको संख्या यति बेला निकै छ । तर उनले भने आफ्नो पहिलो प्रस्तुति देखि नै धेरैको मन जितेको पाईएको छ । दर्शक श्रोताहरुको साथ र मायाको आफुले सधै कदर र सम्मान गर्ने पनि उनले बताएका छन् । यस्तै उनले अबको आफ्नो प्रस्तुतिलाई हेरेर सुनेर प्रतिक्रियाको साथमा सल्लहा सुझाब र अगाडी बढ्ने हौसला समेत प्रदान गर्न सबै दर्शक श्रोताहरुलाई हार्दिक अनुरोध समेत गरेका छन् ।

हेर्नुस भिडियो :

Comments