निता गुरुङको “माया बढ्यो झन”
screennepal
प्रकाशित: २०७४, २ माघ मंगलवार
no img

माघ २ काठमाडौँ,गायिका निता गुरुङ “मैता”को नयाँ लोक झ्याउरे गीत “माया बढ्यो झन” सार्वजानिक भएको छ। माघेसंक्रान्तिको अवशर पारेर गायिका निताले आफ्नै युट्युब च्यानल बाट आफ्नो नयाँ गीतको म्युजिक भिडियो सार्वजानिक गरेकी हुन्।

नेपाली लोक संस्कृतिमा आधारित गीत “माया बढ्यो झन्”लाई निताको साथमा याम आले मगरको स्वर तथा लय रहेको छ। नेपाली लोक संगीतको क्षेत्रमा दर्जनौ लोकप्रिय गीतहरु पस्कि सकेकी निताको यस गीतको अडियो पनि अत्यधिक रुचाइएको गीतमा पर्छ। निताका अनुसार अडियोको लोकप्रियता बढे पछि भिडियो निर्माण गरेकी हुन्।

लमजुङको दोर्दी गाउँपालिका बन्सारमा मौलिक नेपाली संस्कृतिमा छायांकन गरिएको यस म्युजिक भिडियोमा मोडल रिना थापा र मानाङ् गुरुङको अभिनय रहेको छ। मानाङ् गुरुङ निर्देशित यस म्युजिक भिडियोलाई करन चैसिरले छायांकन गरेका हुन् भने बिष्णु शर्माले सम्पादन गरेका छन्।

गायक तथा संगीतकार याम आले मगरको लय तथा शब्दमा रहेको यस गीतलाई जुजु गुरुङले संगीत संयोजन गरेका हुन्।
निता गुरुङ “मैता”को यस अघि माया भए सानु(कौडा), माछी खोलिमा(लोक दोहोरि), सोलीमा रोटि(सालैज्यु), बेसी बनघारी(लोक) जस्ता दर्जनौ गीत लोकप्रिय रहेका छन्।

Comments