“मंगलम” को “बम्पर उपहार” यस्तो
screennepal
प्रकाशित: २०७४, १ माघ सोमबार
no img

स्क्रिननेपाल डटकम :
फाल्गुन २५ गतेलाई प्रदर्शन मिति पक्का गरेको चलचित्र “मंगलम” को दोस्रो गीत यति बेला सार्वजनिक भएको छ । निर्माण पक्षले माघेसंक्रान्तिको अवसर पारेर चलचित्रको यो नया गीत सार्वजनिक गरेको हो । सार्वजनिक “बम्पर उपहार” बोलको सुमधुर गीतमा लेखु सहयात्रीको शब्द , दीपक शर्माको संगीत र प्रमोद खरेलको स्वर समावेश रहेको छ । गीतको भिडियो पनि साधारण निर्माण भएको छ । तर साधारण नै भए पनि हेर्दा पनि निकै रमाइलो लाग्ने भिडियो तयार भएको छ ।

छविराज ओझा प्रोडक्सन र गुण सिनेमा प्रा.लि को प्रस्तुति रहेको चलचित्रमा मिथिला शर्मा , नीर शाह , पुष्प खड्का , शिल्पा पोखरेल , पृथ्वीराज प्रसाई लगाएतका कलाकारहरुको अभिनय रहेको छ । यस्तै चलचित्रमा बिष्णु “कल्पित” घिमिरेको छायांकन , मित्र देव गुरुङको सम्पादन र गोविन्द फुयालको कथा रहेको छ । चलचित्रलाई बिजेन्द्र शाक्य , साकार ओखा र ओम गुरुङ मिलेर निर्माण गरेका हुन् । यस्तै चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् ।

चलचित्रले पटक पटक प्रदर्शन मिति सारेर यति बेला फाल्गुन २५ लाई भने पक्का गरेको छ । यो भन्दा अगाडी चलचित्र असोजमा प्रदर्शन हुने कुरा थियो । त्यसपछि फाल्गुन ४ मा र अहिले भने फाल्गुन २५ मा रिलिज हुने तय भयो । यो सबै देख्दा चलचित्रले सुरक्षित स्थान खोजेको प्रष्ट देखिन्छ । अब चलचित्रले के कस्तो सफलता हासिल गर्ने हो भने त्यो भने फाल्गुन २५ मा नै थाहा हुनेछ । यता निर्माण पक्षले भने चलचित्र निकै राम्रो बनेको बताएको छ ।

हेर्नुस भिडियो :

Comments