जीतपुरको श्री बसन्त पञ्चमी मेला तताउँदै यी कलाकार
screennepal
प्रकाशित: २०७४, ३० पुष आईतवार
no img

काठमाडौं, ३० पुस । धनकुटाको जीतपुर बजारमा माघ १ देखि ७ गतेसम्म ‘श्री बसन्त पञ्चमी मेला–२०७४’ आयोजना हुँदैछ । उक्त मेलामा राष्ट्रियस्तरका कलाकारले धमाका मच्चाउँदैछन् ।


‘उद्योग व्यापार, कृषि एवं पर्यटनको विकास, स्वलम्बी, आत्मनिर्भर र समृद्धि वर्तमानको निकास’ भन्ने मूल नाराका साथ मेला आयोजना हुन लागेको हो । महालक्ष्मी नगरपालिका–७ जीतपुरमा लाग्ने यो साता दिने मेलाको आयोजकमा जीतपुर बजार व्यवस्थापन समिति र गाउँ खेलकुद विकास समिति रहेका छन् ।

मेलाको संयोजक कुसुम तुम्बाका अनुसार मेलाका लाग सबै तयारी भइसकेको छ । उनका अनुसार यसपटक मेलामा संगीतकार तथा गायक ताराप्रकाश लिम्बू, साजन राई, गायिका जशोदा सुब्बा, उज्वल थेबे, अमरजंग राई, अशोकप्यासी राईलगायतका गायक÷गायिका प्रस्तुत हुँदैछन् भने कार्यक्रममा हास्य कलाकार भरतमणि पौडेलको बेजोड प्रस्तुती रहने बताइएको छ । सातदिनसम्म विभिन्न खेलकुद तथा मनोरञ्जनामत्क गतिविधिहरु हुनेछ भने ७ र ८ गते कलाकारहरुको विशेष प्रस्तुती रहने संयोजक कुसम तुम्बाले बताए । कार्यक्रमको सञ्चालन बालिका मादेन लिम्बू र विनोद ढकालले गर्दैछन् ।

Comments