रामगोपालले भित्राए अर्की पोर्न स्टार !
screennepal
प्रकाशित: २०७४, ३० पुष आईतवार
no img

काठमाडौं, ३० पुस । बलिउड पछिल्लो समय ‘एडल्ट अभिनेत्री’ पोर्न स्टारहरुका लागि समेत आर्कषण बन्दै गएको छ । जब पोर्न स्टार सन्नी लियोनीले बलिउडमा एकपछि अर्को सफलता हात पार्दै गइन्, तब बलिउडले पोर्नस्टारहरुको ध्यानाकृष्ट गरिरहेको छ ।
पछिल्लो समय बलिउड नगरीमा एक अर्की पोर्नस्टारको चर्चा चुलिँदै गएको छ । निर्माता राम गोपाल बर्माले अमेरिकी मुलकी युरोपियन पोर्नस्टार मिया मालकोवालाई बलिउडमा भित्राउन लागेका छन् । जसको अहिले बलिउडमा चर्चा हुन थालेको छ । भारतीया मिडियाका अनुसार रामगोपालले मियासँग ‘गड, सेक्स एण्ड ट्रुथ’ नामको एक भिडियो समेत खिचेका छन् ।
मियाले आफ्नो ट्वीटर एकाउन्टमार्फत रामगोपालसँग काम गर्न पाएकोमा आफू उत्साहित भएको बताएकी छन्। ‘भारतीय फिल्म निर्माता रामगोपालले युरोपमा म सँग एक भिडियो ‘गड, सेक्स एण्ड ट्रुथ’ शुट गरेका छन्’, उनले भनेकी छन्, ‘म सन्नी लियोनीपछि भारतीय फिल्म निर्देशकसँग काम गर्ने दोस्रो एडल्ट स्टार हुँ ।’
उनले रामगोपाल बर्मालाई मनैबाट धन्यवाद समेत दिएकी छन् । रामगोपालले मियालाई ट्वीटरमै जवाफ दिँदै भनेका छन्, ‘हे मिया ‘गड, सेक्स एण्ड ट्रुथ’मा फिल्मी दुनियाँको उच्चकोटीको विचारणीय अनुभव रह्यो ।’
रामगोपालले आफूले कहिले पनि सन्नी लियोनीसँग काम गर्ने अवसर नपाएको उल्लेख गर्दै भनेका छन्, ‘सन्नीसँग अहिलेसम्म काम गर्न पाएको छैन् । तर, ‘गड, सेक्स एण्ड ट्रुथ’को अनुभव कहिल्यै भुल्न सक्दिनँ ।’ (एजेन्सी)

Comments