सर्दा सर्दै फाल्गुन २५ मा पुग्यो “मंगलम”
screennepal
प्रकाशित: २०७४, २९ पुष शनिबार
no img

स्क्रिननेपाल डटकम :
चलचित्र “मंगलम” ले फेरी रिलिज मिति पछाडी सारेको छ । अब चलचित्र फाल्गुन २५ गते देखि प्रदर्शन हुने भएको छ र यो मिति अब फाईनल रहेको निर्माण पक्षले जानकारी दिएको छ । यस अगाडी चलचित्र फाल्गुन ४ गते प्रदर्शन हुने कुरा थियो । तर माघ २६ मा “कृ” र फाल्गुन ४ मा “कान्छी” प्रदर्शनमा आउन लागेपछि निर्माण पक्षले आफु सुरक्षित हुन मंगलम लाई पछाडी सारेको हो । “मंगलम” ले रिलिज मिति पछाडी सारे पछि “कान्छी” ले भने सोलो रिलिजको मौका पाएको छ ।

फागुन ४ अघि “मंगलम” असोज ११ गते चलचित्र “छक्का पञ्जा २” सँग पनि जुध्न समेत तयार भएको थियो । एफडी कम्पनीले एमजी दिने सहमती पश्चात यो मिति “छक्का पञ्जा २” लाई छाड्दै “मंगलम” ब्याक हटेको थियो । यस्तै एफडी कम्पनी र निर्माता छविराज ओझा बीच फागुन २५ गते एफडी कम्पनीबाट अन्य कुनै पनि चलचित्र प्रदर्शन नगर्ने लिखित सम्झौता समेत भएको छ । चलचित्रको एउटा गीत केहि समय अगाडी नै रिलिज भईसकेको छ जसले राम्रो चर्चा पनि पाईरहेको छ ।

छविराज ओझा कार्यकारी निर्माता रहेको चलचित्रको प्रस्तुतकर्ता भने नायिका शिल्पा पोखरेल हुन् । नवल नेपालको निर्देशनमा बनेको चलचित्रमा शिल्पा पोखरेल , पुष्प खड्का , पृथ्वीराज प्रसाई , नीर शाह , मिथिला शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ। यो चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको पनि अभिनय रहेको छ । चलचित्रमा दिजेन्द्र शाक्य , साकार ओझा र ओम गुरुङको लगानी रहेको छ । चलचित्रमा विष्णु घिमिरेको छायाँकन , दिपक शर्माको संगीत , गोविन्द फुँयालको कथा र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

Comments