“दोषी को” ले रिलिज गर्यो पहिलो गीत
screennepal
प्रकाशित: २०७४, २९ पुष शनिबार
no img

स्क्रिननेपाल डटकम :
“दोषी को” नामक चलचित्रको नया गीत सार्वजनिक भएको छ । नेपाल प्रदर्शन मिति तय नगरिएको यस चलचित्रको “शिरफुल शिरैमा” बोलको लोक भाका सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा गोपी अधिकारीको शब्द संगीत र मेलिना राईको स्वर समावेश रहेको छ ।

करण फिल्मस् प्रोडक्शनको ब्यानरमा करण थापा मगर प्रस्तुतकर्ता रहेको चलचित्रको कथा र पटकथा करण आफैले लेखेका हुन् । चलचित्रमा सुवास नेपाली , करण थापा , सपना लामा , नेहा गौतम , रमेश रेग्मी , मिठु आले , रबिना थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यस्तै चलचित्रमा विश्वास भण्डारीको छायांकन र सम्पादन र रमेश रेग्मीको नृत्य निर्देशन रहेको छ । चलचित्रलाई निमा लामा तामाङले निर्देशन गरेका हुन् । चलचित्रलाई गोपी अधिकारीले निर्माण गरेका हुन् । चलचित्रको विदेशमा शो गरेर मात्र नेपालको रिलिज मिति तय गरिने निर्माता गोपी अधिकारीले जानकारी दिएका छन् ।

हेर्नुस भिडियो :

Comments