अब कहिले प्रदर्शन हुन्छ बहुप्रतिक्षित चलचित्र “हेप्पी डेज” ? जान्नुहोस
screennepal
प्रकाशित: २०७४, २८ पुष शुक्रबार
no img

स्क्रिननेपाल डटकम :
यो हफ्ता एउटा खबरले राम्रो चर्चा पायो । खबर हो यो बर्षको बहुप्रतिक्षित चलचित्र “हेप्पी डेज” को रिलिज मिति सर्यो । यो खबरले धेरै दर्शकहरुको मनलाई दुखि बनायो भन्दा कुनै फरक नपर्ला । चलचित्रको सबै तयारी भईसकेको थियो । यहाँ सम्म कि गीत र ट्रेलर समेत रिलिज भईसकेको थियो तर अचानक चलचित्रको मिति सारिएको खबर आयो । चलचित्रले माघ १२ गतेको लागि रिलिज मिति पक्का गरेको थियो र त्यहि अनुरुप नै प्रोमोसन समेत गरिरहेको थियो । तर अचानक यसरी रिलिज मिति सर्यो आखिर के कारणले यस्तो भयो सबैको मनमा जिज्ञासा उत्पन्न भयो । तर खबरलाई मान्ने हो भने चलचित्र “हेप्पी डेज” बलिउड चलचित्र “पद्मावत” को कारण पछाडी सरेको भनियो । तर यस बिषयमा चलचित्र “हेप्पी डेज” का निर्देशक तथा निर्माता मध्यका एक मिलन चाम्सले मुख खोलेका छन् ।

निर्देशक चाम्सले बलिउड चलचित्र “पद्मावत” कै कारण “हेप्पी डेज” लाई तोकिएको मितिमा रिलिज गर्न आफ्नो टिम असमर्थ रहेको बताए । तर उनले “पद्मावत” चलचित्र संग कुनै कथा कमजोर र अन्तरिक कारणले भने डराएको होइन भनेर उनले स्पष्ट पारे । “पद्मावत” संग भिड्दै गर्दा आफ्नो चलचित्रले सिनेमा घरमा कम शो पाउने भएको कारण आफ्नो चलचित्र पछाडी हटेको उनले बताए । तर “पद्मावत” संगै बलिउड स्टार अक्षय कुमारको चलचित्र “प्याडम्यान” पनि एकसाथ प्रदर्शनमा हुदैछ । सबैलाई थाहा भएकै कुरा हो धेरै लामो समय अगाडी देखि नै नेपालमा हिन्दी चलचित्रको पल्ला भारी नै छ । सामान्य रुपले हेर्ने नै हो भने पनि “पद्मावत” र “प्याडम्यान” संगै “हेप्पी डेज” प्रदर्शनमा आयो भने ब्यापारिक हिसाबमा “हेप्पी डेज” लाई ठुलो घाटा हुनेछ ।

किन भने धेरै त्यो पनि यस किसिमको चर्चामा रहेको चलचित्र प्रदर्शनमा आउँदा अवश्य पनि सिनेमा घरमा शो हरु बाटिने गर्दछ जसको असर नेपाली चलचित्रलाई धेरै पर्दछ । “हेप्पी डेज” ले मिति सार्दै गर्दा धेरै टिका टिप्पणी नेपाली चलचित्र बजारमा भईरहेको यति बेला निर्देशक मिलन चाम्सले सबै कुरा स्पष्ट पारेका छन् । हुन त बिशेष गरि कसैले पनि चलचित्र व्यापार गर्नको लागि नै निर्माण गरेको हुन्छ । किन भने व्यापार बिना चलचित्रको औचित्य रहदैन र निर्माताको भविष्यमा पनि खतरामा पर्दछ । तर नेपालका सिनेमा घरहरुले पनि बलिउड चलचित्रलाई अलिक बढी मान्यता दिएको अहिले आएर प्रष्ट देखिन्छ । हुन त पछिल्लो समय नेपाली चलचित्र दर्शकहरुको मनमा बसेको पाईएको छ तर पनि बलिउडको अगाडी भने अलिक पछाडी नै नेपाली चलचित्र परेको अहिले सम्म पाइएको छ ।

उता बलिउड चलचित्र “पद्मावत” को कुरा गर्ने हो भने रिलिज अगाडी नै धेरै समस्या उक्त चलचित्रले भोग्यो । विवादमा परेको हुनाले पनि चलचित्र २०१८ फेब्रअरी भन्दा अगाडी रिलिज हुने कुनै छाटकाट थिएन । तर अचानक चलचित्रले फाल्गुन १२ लाई नै प्रदर्शन मिति तोक्यो । यता “हेप्पी डेज” का निर्देशक तथा निर्माता मिलन चाम्सले भने सम्पूर्ण दर्शकहरु संग चलचित्र भनेको मितिमा प्रदर्शन गर्न नसक्दा क्षेमा मागेका छन् । यसका साथमा उनले चलचित्रको नया प्रदर्शन मिति छिट्टै सार्वजनिक गरिने समेत बताएका छन् । चलचित्रले यति बेला विदेशमा प्रदर्शन गरिरहेको छ ।

चलचित्र “हेप्पी डेज” मा दयाहाङ राई , प्रियंका कार्की , संजय गुप्ता , दिया पुन , विक्की जोशी , मोनिका गुरुङ , रुपा पुन , रितेश चाम्स , जेन बकल , हुप थापा , जेनीहा लिम्बु , गिरिराज घिमिरे , क्षितिज सुबेदी लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको प्रस्तुति रहेको चलचित्रलाई भवानी शर्मा , हिराल जोशी र मिलन चाम्स मिलेर निर्माण गरेका हुन् । बि.पी खनाल भने चलचित्रका प्रस्तोतकर्ता हुन् । चलचित्रमा यम थापाको स्क्रीनप्ले र सम्राट बस्नेतको द्वन्द निर्देशन रहेको छ | नरेश भट्टराई र दिनेश राउतको शब्द समावेश रहेको चलचित्रमा तारा प्रकाश लिम्बुको संगीत र अर्जुन जिसीको सम्पादन रहेको छ | यस्तै चलचित्रमा राम कुमार केसीको छायांकन र गिरीराज घिमिरे मुख्य सहायक निर्देशन रहेको छ | चलचित्रमा मिलन चाम्स र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

हेर्नुस ट्रेलर :

Comments