इशा बनिन् पहिलो ‘मिस गोरखा’
screennepal
प्रकाशित: २०७४, २८ पुष शुक्रबार
no img

गोरखा, २८ पुस । गोरखाकी १९ वर्षीया इशा शाहले ‘मिस गोरखा–२०१८’ ब्युटी एण्ड ब्रेन उपाधि जितेकी छन् । बिहीबार राति सम्पन्न प्रतियोगिताको ग्राण्ड फिनालेमा इशाले निर्णायक चरणमा सोधिएको प्रश्नको उत्कृष्ट जवाफ दिएर १९ प्रतिस्पर्धीलाई उछिँदै पहिलो मिस गोरखा बनेकी हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समितिकी अध्यक्ष एवं सौन्दर्यकला व्यवसायी महासंघकी अध्यक्ष कमला श्रेष्ठले इशालाई ताज पहि¥याइदिए । इशाले उपाधिसँगै नगद तथा जिन्सी गरी एक लाख बराबरको पुरस्कार प्राप्त गरिन् ।
कार्यक्रममा ठूलो आँगनकी प्रकृति श्रेष्ठ फस्ट रनरअप भइन् । उनले पनि नगद र जिन्सी गरी ५० हजार बराबर पुरस्कृत प्राप्त गरिन् । त्यस्तै, सेकेण्ड रनरअप बसपार्ककी विष्णु घलेले ३० हजार बराबरको र थर्ड रनरअप चाइनीज धाराकी सिर्जना मगरले नगद र जिन्सी गरी १० हजार बराबराको पुरस्कार पाइन् ।

Comments