रिलिज भयो “ब्लाईनड रक्स” को पहिलो गीत , आकर्षक अवतारमा बेनिषाको नृत्य
screennepal
प्रकाशित: २०७४, २७ पुष बिहीबार
no img

स्क्रिननेपाल डटकम :
फाल्गुन १८ गते देखि देशभर देखि प्रदर्शनमा आउन लागेको यो बर्षको बहुप्रतिक्षित चलचित्र “ब्लाईनड रक्स” को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक “उड्यो मन” बोलको गीतमा नरेश भट्टराईको शब्द , हरि लम्सालको संगीत र बानीका प्रधानको स्वर समावेश रहेको छ । गीतको शब्द संगीत निकै अब्बल देखिएको छ । यस्तै गीतको भिडियो त अझै बढी आकर्षक तयार भएको छ जसलाई निर्देशक मिलन चाम्सले कोरियोग्राफ गरेका हुन् । उनको निर्देशनमा गीतको भिडियोमा नायिका बेनिषा हमालले निकै सुन्दर नृत्य र अभिनय प्रस्तुत गरेका छन् । गीतको भिडियोको निर्देशन बलिउडको शैलीमा गरिएको छ जुन निकै जसलाई पनि प्रभावित पार्न सक्ने बनेको छ ।

गीतको शब्दले धेरै मन छुने स्पष्ट देखिन्छ र संगीत निकै छिटो सबैको मन मस्तिष्कमा बास गर्ने रहेको छ । चलचित्र दृष्टिबिहिन सृष्टि केसीको वास्तविक जीवनमा निर्धारित रहेर निर्माण बनेको हुनाले पनि गीत र गीतको भिडियोलाई त्यहि अनुरुप नै तयार गरिएको छ । दृष्टिबिहिन भएको व्यक्तिले आफ्नो मनको भावलाई कसरी बयान गर्ने गर्दछ भन्ने कुराको आभास यस गीतले सबैलाई गराउने छ । चलचित्रको ट्रेलर पनि अबको केहि समय पछाडी रिलिज गरिने निर्माता निकेश लिम्बुले बताए । चलचित्र प्रति यति बेला निर्माण पक्ष निकै उत्साहित रहेको देखिन्छ । यस्तै नेपाली दर्शकहरुको मनमा पनि यस चलचित्रलाई लिएर निकै उत्सुकता रहेको छ किन भने वास्तविक जीवनमा रहेर नेपाली चलचित्र कमै निर्माण भएका छन् । त्यसमाथि यो लेवलमा रहेर त आज सम्म कुनै नेपाली चलचित्र निर्माण भएकै छैन होला भन्न सकिन्छ ।

चलचित्रले यति बेला विदेशको प्रदर्शनको यात्रा गरिरहेको छ । केहि समयको खबरलाई स्मरण गर्ने हो भने यस चलचित्रले बेलायतमा पुरा १ महिना राज गर्यो । बेलायतका विदेशी तथा नेपाली दर्शकहरुको मागको अनुसार चलचित्रलाई १ महिना प्रदर्शन गरियो र प्रत्येक शो मा दर्शकहरुको संख्या भरिभराउ नै हुन्थ्यो र सबैले चलचित्र हेरेपछि तारिफको बर्षा नै गर्थे । विदेशमा यति प्रशंसा प्राप्त गरेको चलचित्रले नेपालमा भने के कस्तो जादु देखाउने त्यो भने फाल्गुन १८ गते नै थाहा हुन्छ । तर निर्माण पक्ष भने चलचित्रलाई लिएर विश्वस्त रहेको देखिन्छ । निर्देशक मिलन चाम्सले चलचित्रले सबैको मन छुने र कसैलाई पनि निराश नपार्ने बताएका छन् । यस्तै निर्माता निकेश लिम्बुले आफुले राम्रो चलचित्र निर्माण गरेर दर्शक माझ लिएर आएको र सबैलाई पूर्ण मनोरंजनको साथमा गहकिलो संदेश समेत चलचित्रले दिने उनले बताए ।

चलचित्रमा बेनिषा हमाल , अर्पण थापा , गौरी मल्ल , अनिल केशरी शाह , रितेश चाम्स र बसन्त भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ । त्यसै गरि चलचित्रमा नवराज कृष्ण थापाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ । यस्तै चलचित्रको कथा यम थापा र सुमन उप्रेती मिलेर तयार गरेका हुन् । यस्तै चलचित्रको निर्देशन मिलन चाम्सले गरेका हुन् भने निर्माण निकेश लिम्बुले गरेका हुन् । यस्तै गिरीराज घिमिरे चलचित्रको मुख्य सहायक निर्देशक हुन् ।

हेर्नुस भिडियो :

Comments