सेरोगेट आमा बन्दै ऐश्वर्या राय
screennepal
प्रकाशित: २०७४, २६ पुष बुधबार
no img

काठमाडौं, २६ पुस । यो वर्षको सुरुवातमै बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको भाग्य चम्किएको छ । उनलाई एकपछि अर्को फिल्मको प्रस्ताव आइरहेको छ । समाचारमा जनाइएअनुसार ऐश्वर्या चाँडै एक रिमेक फिल्ममा काम गर्दैछिन् ।
फिल्म ‘रात और दिन’ को रिमेक बन्दैछ, जसमा ऐश्वर्याले १० करोड लिएर काम गर्न लागेको बताइएको छ । यो खबर पुष्टि भयो भने ऐश्वर्याको खातामा एक फिल्म थपिनेछ ।

ऐश्वर्यालाई फिल्म ‘जैसमीन’मा पनि काम प्रस्ताव आएको छ । यो फिल्म सेरोगेसीमा आधारित हो । यो फिल्म रियल स्टोरी बेस्डमा रहेको बताइन्छ । पछिल्लो वर्ष यस फिल्मका लागि अभिनेत्री अनुष्का शर्मासँग कुरा गरिएको थियो । तर, कुरा कुरामै समिति बन्यो ।
‘मुम्बई मिरर’ पत्रिकालाई दिएको अन्र्तवार्तामा फिल्मकी प्रोड्यूसर प्रेरणा रावले भनेकी छन्, ‘फिल्म जैसमीनमा ऐश्वर्या राय सेरोगेटिक महिलाको भूमिकामा देखिन सक्छिन् । फिल्म एक रियल स्टोरी मा आधारित छ ।’
फिल्म गुजरातकी एक महिलाको बारेमा छ, जो जो बच्चा जन्माउँदिनन् । उनी सेरोगेट आमा बन्न चाहिन्छन् । प्रेरणाका अनुसार ऐश्वर्या यसस फिल्ममा काम गर्न मञ्जुर भएकी छन् । उनले यस फिल्मका लागि ऐश्वर्याका भूमिका परफेक्ट रहेको पनि सुनाइन् । (एजेन्सी)

Comments