दोषी को ? : ‘शिरफुल शिरैमा…’ (भिडियो)
screennepal
प्रकाशित: २०७४, २५ पुष मंगलवार
no img

काठमाडौं २५ पुस । समाजिक बिषयमा निर्माण गरिएको दोषी को ? फिल्मको शिरफूल शिरैमा बोलको गीत सार्वजनीक गरिएको छ । निमा लामा तामाङको निर्देशनमा बनेको फिल्मको सो गीत मेलिना राईले गाएकी हुन् ।
निर्माता गोपी अधिकारीको शब्द र संगीत रहेका गीतको कोरियोग्राफी रमेश रेग्मीले गरेका छन् । करण फिल्मस् प्रोडक्शनको ब्यानरमा करण थापा मगर प्रस्तुतकर्ता रहेको फिल्मको कथा र पटकथा करण आफैले लेखेका हुन् । सुवास नेपाली, करण थापा, सपना लामा, नेहा गौतम, रमेश रेग्मी, मिठु आले,रबिना थापालगायतका नवकलाकारको अभिनय रहेको फिल्ममा पांच वटा गीत समाबेश छन् । त्यसमध्ये पहिलो गीत स्वरुप शिरफुल शिरैमा सार्वजनीक गरिएको निर्देशक निमाले बताएका छन् ।
दोषी को ? का गीतमा अन्जु पन्त, मेलिना राई, गोपी अधिकारी र सन्तोष सुनामको स्वर छ । गोपि अधिकारी र सन्तोष सुनामको शब्द छ । फिल्मको पहिला बिभिन्न देशमा शो गरेपछि मात्रै नेपालका हलमा प्रदर्शन गरिने जानकारी निर्माता गोपीले दिएका छन् ।

Comments