सिनेमाघरमा राष्ट्रिय गान अनिवार्य हट्यो !
screennepal
प्रकाशित: २०७४, २५ पुष मंगलवार
no img

काठमाडौं, २५ पुस । भारतमा सिनेमाघरमा फिल्म सुरु हुनअघि अब राष्ट्रिय गीत बजाउन आवश्यक नपर्ने भएको छ । यसअघि नोभेम्बर २०१६ मा सुप्रिम कोर्टले सिनेमाघमा अनिवार्य राष्ट्रिय गीत बजाउन र राष्ट्रिय गीतको सम्मानमा उभिन अनिवार्य नियम लागू गराएको थियो । तर, अहिले आएर त्यो नियम उच्च अदालतले उल्टाएको छ ।
हुन त यसअघि सुप्रिम कोर्टले पनि डिसेम्बरमा उक्त नियममा फेरबदल हुन सक्ने संकेत दिएका थिए । उसले भनेका थिए कि यो डिसेम्बरमा सिनेमाघरमा बजाइने अनिवार्य राष्ट्रिय गीतमा केही सुधार हुनेछ ।’ राष्ट्रभक्त दर्शकले सिनेमाघरमा फिल्म सुरु हुनअघि राष्ट्रिय गीत अनिवार्य बजाउन माग गर्दै अदालतमा निवेदन दिएपछि नियम कार्यान्वयनमा ल्याइएको थियो । जतिखेर भारतको अदालतले भनेका थिए कि राष्ट्रिय गान र राष्ट्रिय झण्डाप्रति यो सम्मान हो ।’ सुप्रिम कोर्टका न्यायधिश श्याम नारायण चोकसीले सबै सिनेमाघरमा फिल्म सुरु हुनअघि अनिवार्य रूपमा राष्ट्रिय गान बजाउन निर्देशन दिएका थिए ।
केन्द्र सरकारले सुप्रीम कोर्टलाई २०१६ को आफ्नो आदेशमा सुधार गर्न अपिल गरेको थियो । केन्द्र सरकारले भनेको थियो कि, अन्तरमन्त्रालय समिति यसमाथि विचार गरिरहेको छ । तर, कोर्ट आफैले राष्ट्रिय गानको अनिवार्यता लाद्दैछ ।’ (एजेन्सी)

Comments