न्यूयोर्कमा डम्फु साँझसँगै तामाङ सम्मेलन
screennepal
प्रकाशित: २०७४, २५ पुष मंगलवार
no img

काठमाडौं, २५ पुस । आउँदो साता अमेरिकाको न्युर्योकमा डम्फु साँझसँग उत्तर अमेरिकी तामाङ सम्मेलन हु“दैछ । सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजक तदर्थ समितिका सदस्य सचिव लक्यान लामाले जनाएका छन् । उत्तर अमेरिका भरि छरिएर रहेका तामाङ समुदाय यही जनवरी १३ र १४ मा न्युर्योकमा भेला हु“दैछ । अमेरिकामा यसअघि नै स्थापना भइसकेको ‘तामाङ सोसाइटी अफ अमेरिका’ (टिएसए) लाई उत्तर अमेरिकामा छारिएर रहेका विभिन्न तामाङ संस्थाहरुको साझा छाता संगठन बनाउने उदेष्यले सम्मेलन हुन लागेको आयोजक तदर्थ समितिका सदस्य–सचिव लामाले जनाए ।


सन् १०१३ पछिको सबैभन्दा बृहत अन्तराष्ट्रिय तामाङ सम्मेलनको रुपमा यसलाई हेरिएको छ । सम्मेलनले ग्लोबल तामाङ कन्फ्रेन्सको पनि अबधारणा बनाउने आयोजकको दावी छ । यसअघि सन् २००२ मा काठमाडौं, सन् २००६ भारतको दार्जि्लिङमा र २०१३ मा काठमाडौंमा गरि तिनवटा अन्तराष्ट्रिय तामाङ सम्मेलनहरु सम्पन्न भइसकेका छन् ।
सम्मेलनमा भाग लिन नेपालबाट पुर्व राजदुत डा. गणेश योञ्जन, समाजशास्त्री डा. मुक्तसिंह लामा, भाषाविद अमृत योञ्जन र मिङमार तामाङ अमेरिका जा“दैछन् भने समापन समारोहमा आयोजना हुने ‘डम्फु सा“झ’मा कन्सर्ट दिन म्हेन्दोमाया गायक सागर एस वाइवा केही दिनमै अमेरिका उड्दैछन् ।
सदस्य सचिव लामाका अनुसार तामाङ सोसाइटी अफ अमेरिका (टिएसए)को गतबर्ष जनवरीको २६ र २७ मा न्युयोर्कमा सम्पन्न भेलाले उत्तर अमेरिकी तामाङ सम्मेलनको अवधारणा अघि बढाएको हो । उक्त भेलाबाट शान्त थोकरको अध्यक्षतामा २५ सदस्यीय आयोजक समिती पनि गठन गरिएको थियो ।
‘हामी सम्मेलन तयारीको अन्तिम चरणमा छौं’, सदस्य सचिव लामाले जानकारी गराए, ‘अर्को साता उत्तर अमेरिका भरका तामाङहरु एकै थलोमा हुनेछौं ।’ उत्तर अमेरिकामा रहेका तामाङ समुदायस“गै नेपालका तामाङ समाजको आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रको उन्नयनको विषयमा गहन छलफल समेत गरि सम्मेलनले विभिन्न नीतिगत र कार्यक्रमिक अवधारणाहरु अघि सार्ने समेत लामाले जनाए । ‘सबैलाई समेट्ने, सबैको मर्मको सम्बोधन हुने गरि साझा संगठन समेत निर्माण हुने छ’, उनले भने, ‘यतिमात्र नभई सम्मेलनले नेपालभित्र र बाहिरका सिंगो तामाङ समुदायलाई सकारात्मक उर्जा दिनेछ भन्ने हाम्रो विश्वास छ ।’
तामाङ समुदायको आर्थिक, सामाजिक, शैक्षिक र सा“स्कृतिक उत्थानका लागि सन् २००२ मै न्युर्योकमा एक भेला गरि ‘तामाङ सोसाइटी अफ अमेरिका’ गठन गरिएको थियो । त्यसयता अमेरिकाकै अन्य राज्यहरुमा तामाङ संस्थाहरु खुले । ती सबै संघ–संस्थालाई समेट्न र एकिकृत रुपमा अघि बढ्न ‘उत्तर अमेरिकी तामाङ सम्मेलन’ गर्न लागिएको सदस्य सचिव लामाले जनाए ।
सम्मेलनमा क्यालिफोर्निया, वासिङटन डिसी, टेक्सास, म्यासाच्युसेट्स, कनेक्टिकट, न्युजर्सी, न्युहाम्सायर, भर्जिनिया, मेरील्याण्ड, पेन्सिलभानिया, नर्थ क्यारोलिना, मिनिसोटा लगायतका राज्यबाट प्रतिनिधिहरुको नाम आइसकेको र अन्य राज्यबाट पनि प्रतिनिधि दर्ता प्रक्रिया चलिरहेको सदस्य सचिव लामाले जनाए । सम्मेलनका लागि अन्य देशका तामाङ संघ–संस्थाबाट प्रतिनिधि जा“दैछन् । जापानबाट तामाङ समाजका अध्यक्ष कुमार मोक्तान, कुवेतबाट राम तामाङ लगायत जा“दैछन् ।

Comments