भिडियोमा आउँदै ‘खोरङ्वा खोला’
screennepal
प्रकाशित: २०७४, २० पुष बिहीबार
no img

काठमाडौं, २० पुस । बेलायत बस्दै आएका नेम खापुङद्वारा रचित तथा संगीतवद्ध गीत ‘खोरङ्वा खोला….’ को भिडियो छायांकन गरिएको छ ।
लक्ष्मण लिम्बू र सुनिता थेगिमको स्वरमा रहेको यस गीतमा मिरान खापुङ र विशाल सेनेहाङले अभिनय गरेका छन् । गीतलाई टेकेन्द्र यक्सोको संगीत संयोजन, अर्जुन तिवारीको छायांकन, दिनेश माङ्मुको कोरियोग्राफी रहेको म्युजिक भिडियोको निर्देशन लोकेन साँवाले गरेका हुन् । म्युजिक भिडियोको निर्माण हङकङमा रहने छत्र खापुङले गरेका हुन् ।


केही समय अगाडि पनि नेम खापुङद्वारा रचित तथा संगीतवद्ध गीतको छायांकन भएको थियो । उक्त गीतहरुलाई समेटेर म्युजिक भिडियोको सङ्ग्रह नै निकाल्ने पनि निर्माणपक्षको भनाइ छ ।
लेलेस्थित पिआइए लेले स्मारक तथा त्यस आसपासका रमणीय स्थलमा छायांकन भएको उक्त गीत आगामी हप्ताभित्र युट्युवमा सार्वजानिक भइसक्ने निर्देशक साँवाले बताए ।

 

 

Comments