‘मिस टिन कन्टेस्ट’ उपाधि सञ्जितालाई
screennepal
प्रकाशित: २०७४, २० पुष बिहीबार
no img

काठमाडौं, २० पुस । ‘मिस टिन कन्टेस्ट नेपाल–२०१८, सिजन–२’को उपाधि सञ्जिता पाठकले जितेकी छन् । बुधबार राजधानीको जमलस्थित नाचघरमा आयोजित प्रतियोगितामा आफ्ना १६ प्रतिस्पर्धीलाई पछि पार्दै सञ्जिताले ताजसहित विभिन्न उपहार, म्युजिक भिडियोमा मोडलिङ गर्ने अवसर र करिब ७५ हजारको विभिन्न सिप प्रशिक्षणको अवसर पाएकी छन् ।
यस्तै, ¥याम्प जोन इन्टरप्राईजेजद्धारा आयोजित सो प्रतियोगितामा अनिषा लामाले फस्ट रनरअप, साधना खड्काले सेकेन्ड रनरअप र स्वस्तिका रेग्मीले थर्ड रनरअपको उपाधि सहित क्राउन र विभिन्न उपहारहरु प्राप्त गरे ।
सो प्रतियोगितामा अन्य उपाधि तर्फको प्रतिस्पर्धामा मस्ट व्युटिफुल समीक्षा तामाङ, बेस्ट स्किन स्वस्तिका रेग्मी, मस्ट चार्मिङ रिना लामा, बेस्ूट क्याटवाक पुजा आचार्य, भिवर्स च्वाई सुभेच्छा राई, मस्ट ट्यालेन्ट प्रविणा शाही घोषित भए ।
मिस पोजिटिभ एटिच्युट निरुता चौधरी, बेस्ट फिटनेश अलिसा स्याङतान, मस्ट फ्रेन्डली सञ्जिना उप्रेती, मिस कन्जियानिलिटी शुभेच्छा राई, बेस्ट स्माईल आस्मा अर्याल, बेस्ट पर्सनालिटी वर्षा कोईराला, मस्ट एक्टिभ सञ्जना उप्रेती घोषित भए । यस्तै मोस्ट पपुलरको उपाधि दीपिका खड्काले पाईन् ।
किशोरीहरुको व्यक्तित्व विकाशका लागि दुई वर्ष यताबाट यो प्रतियोगिता गर्दै आएको आयोजक रमी श्रेष्ठले बताईन् । कार्यक्रमको कोरियोग्राफी आश्विनी झाले गरेका थिए ।
कार्यक्रमको निर्णायकमा अभिनेता गजित बिष्ट, नविन लम्साल, अभिनेत्री एवँ निर्माता रोशनी केसी, मिसेस नेपाल ग्रान्ड बन्दना बिष्ट, संस्कृतिविद मोदनाथ खनाल र पत्रकार डब्बु क्षत्री थिए ।

 

Comments