जब ‘कल्चरल फेसन’ले तात्यो फिदिम…!
screennepal
प्रकाशित: २०७४, १९ पुष बुधबार
no img

फिदिम, १९ पुस । पाँचथरको सदरमुकाम फिदिम बजार फेसन शोले तताएको छ । साँझ पर्दै जाँदा पुसे चिसोले चिसिँदै गर्दा मोडलहरु जब ¥यापमा उत्रिए, तब माहोल एकाएक तात्यो ।
विभिन्न जातीको परम्परागत पोशाकमा देखिएका मोडलहरु देखिएका थिए । जहाँ स्थानिय मोडलहरुले फिदिममा अंग्रेजी नयाँ वर्षको स्वागार्थ ‘कल्चरल फेसन शो’ गर्दै थियो ।


फिदिममा आयोजना भएको कल्चरल फेसन शोमा विभिन्न स्वीक्वेलमा परम्परागत पोशाकमा मोडल ¥याम्पमा देखिए । लिम्बु, राई, तामाङ, गुरुङ र नेपाली राष्ट्रिय पोशाकमा आधारित रहेर फेसन शो गरिएको थियोे । दौरा सुरुवाल, साडि, चोलो, तागावा, मेख्ली, सिलाम साक्मा तथा ढाकाका कपडाहरुको प्रवद्र्धन गर्ने गरी फेशन शोको आयोजना भएको हो ।


फिदिमको सिटि हलमा आयोजित शोमा मोडलहरु पाँच सिक्वेन्समा प्रस्तुती भएका थिए । उक्त शोको अभिनेत्री तथा मोडल बविता फोम्बोले कोरियोग्राफी गरेकी थिइन् । बबिताले शो सोचभन्दा राम्रो भएको स्क्रीन नेपाललाई बताइन् ।


उक्त शोमा लक्ष्मी योङहाङ, सनम पहाङगु, सुक्मित केरुङजस्ता मोडलिङ क्षेत्रमा स्थापित हुँदै गरेका मोडलहरु प्रस्तुत भएका थिए भने आरके थेबे, प्रविन तुम्बापो सहित १६ जना शोमा सहभागी थिए । शोमा ११ महिला र ६ जना पुरुष मोडल स्टेजमा देखिएका थिए । पोशाकको डिजाइन फेसन सिक्वेन्स हाउस काठमाडांैकी रुपा आङबुहाङले गरेकी हुन् ।

Comments