‘पर्यटनका लागि सँगसँगै’ नारासहित सौन्दर्य प्रतियोगिता
screennepal
प्रकाशित: २०७४, १९ पुष बुधबार
no img

काठमाडौं, १९ पुस । स्टार वन इन्टरटेनमेन्टले राजधानीमा एकैसाथ अविबाहित र बिबाहित महिलाबिचको सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ । इन्टरनटेनमेटकी अध्यक्ष पूजा निरौलाका अनुसार पर्यटन क्षेत्रलाई सघाउने उद्देश्यले ‘पर्यटनका लागि सँगसँगै’ भन्ने नाराका २४ ुपुसमा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा ‘मिसेज नेपाल टुरिजम’ र ‘मिस टिन टुरिजम २०१८’ आयोजना गर्न लागिएको छ ।


मिसेज नेपाल टुरिजम र मिस टिन टुरिजमअन्र्तगत राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा टयालेन्ट शोको समेत आयोजना गरिएको छ । बोर्डको अडिटोरियम हलमा दुवै प्रतियोगिताका प्रतियोगीले आ–आपmना प्रतिभा देखाएका थिए ।
ट्यालेण्ट शोमा अभिनेताद्धय बिरेन्द्र हमाल र गजित बिष्ट, अभिनेत्रीद्धय निश्मा घिमिरे र बर्षा राउत, राजेन्द्र लुईटेल र इभेन्ट निर्देशक सुशील चन्द निर्णायक थिए । यो शोबाट मिसेज नेपाल टुरिजमको मिसेस टयालेण्ट र मिस टिन टुरिजमको मिस ट्यालेण्ट छनौट गरिनेछ । मिसेस ट्यालेण्ट र मिस ट्यालेण्टको घोषणा अन्तिम स्पर्धाका दिन हुनेछ ।
मिसेस नेपाल टुरिजममा मनिशा अधिकारी, सन्तु श्रेष्ठ, सिवानी साह विष्ट, प्रतिमा केसी, गीता खनाल, तिलक्ष्मी भण्डारी, माया बुडा, रश्मी शाक्य, मोविना घिमिरे, बविता थापा गजुरेल, आना आचार्य, प्रतिमा गच्छदार, जश्मिन खनाल, मञ्जु अवाले कर्ण, सम्झना श्रेष्ठ रावत, चोक माया गुरुङ, प्रतिमा श्रेष्ठ, एनिका दाहाल, अञ्जना श्रेष्ठ, बिन्दु श्रेष्ठ, सरिता गौतम, पबित्रा आले मगर, सिमरन सिलवाल, बवुना पखाली, सुशिला बुडाथोकी, राधिका सापकोटा, स्विटी मानन्धर, लालमती थापामगर, रेशु श्रेष्ठ, सविना दुलाल लामिछाने र अञ्जली श्रेष्ठ गरी ३१ प्रतिस्पर्धीले अन्तिम प्रतिस्पर्धामा स्पर्धा गर्दैछन् ।
त्यसैगरी मिस टिन टुरिजममा राशि सुबेदी, प्रनिहा जोशी, प्रशंसा पौडेल, अञ्जिता छन्त्याल, सुगन्धा चौधरी, अलिशा राई, सुमेघा लामिछाने, प्रिया मर्हजन, रमिना बिष्ट, संबिदा ओझा, शिला कोजु, मेघना मर्हजन, आश्मा खड्का, सञ्चिता भट्टराई, रिया हरिजन, स्वेता थापा र पुजा गुरुङ गरी १७ जनाले प्रतिस्पर्धा गर्दैछन्् । प्रतियोगितामा अश्विनी झाको कोरियोग्राफी र बालकृष्ण पोखरेलको संयोजनमा हुँदैछ ।

Comments