फेशन संसारले ‘फेशन स्केच’ प्रतियोगिता गर्दै
screennepal
प्रकाशित: २०७४, १७ पुष सोमबार
no img

काठमाडौं, १७ पुस । फेशन डिजाइनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै नेशनल ‘फेशन स्केच कम्पिटिशन–२ आयोजना हुने भएको छ । प्रेम दिवश अर्थात भ्यालेनटाइन–डे नजिकिँदै गरेकाले यसपटकको चित्रकला प्रतियोगिता माया, प्रेम र रोमान्स झल्किने सुन्दर ड्रेसको डिजाइन बनाउनुपर्ने जनाइएको छ । र, डिजाइनरले आफ्नो नाम चित्रको छेऊमा लेख्नुपर्ने छ ।
यस प्रतियोगितामा भाग लिनका लागि इच्छुक ब्यक्तिले फेशन संसार डटकमको कार्यालयबाट फर्म लिई अथवा पेजमा उपलब्ध फर्म प्रिन्ट गरि फर्म भरेर आफ्नो सक्कली डिजाइनसहित जनवरी २० सम्ममा फेशन संसारको कार्यालय डिल्लीबजार काठमाडौमा बुझाउनुपर्ने छ ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय साथै दर्शकद्धारा धेरै मनपराइएको डिजाइनलाई सम्मान प्रमाणपत्रकम साथै ट्रफि प्रदान गरिने छ भने प्रतियोगी सबैलाई प्रमाणपत्र उपलब्ध गराइने फेशन संसारकी निर्देशक सुरक्षा भट्टराईले बताएकी छन् ।

Comments