‘नेपाल्स ब्युटि डिभा’ हुँदै l अमेरिका जाने अवसर !
screennepal
प्रकाशित: २०७४, १७ पुष सोमबार
no img

काठमाडौं, १७ पुस । ‘नेपाल्स ब्युटि डिभा–२०१८’ हुने भएको छ । आरएनआर गु्रपले केही भिन्न शैलीमा यो सौन्दर्य प्रतियोगिता गर्न लागेको हो । विभिन्न सौन्दर्य तथा फेसन इभेन्टहरु गर्दै आएको आरएनआर गु्रपले ‘नेपाल्स ब्युटि डिभा–२०१८’का लागि आवेदन खुला गरेको जनाएको छ ।
आयोजक संस्था आरएनआर गु्रपका अनुसार यस प्रतियोगितामा विजेता तथा उपविजेता बन्ने चारले आगामी फ्रेबुअरीमा अमेरिकाको वासिंगटन डिसीमा हुने फेसन शोमा सहभागिता जनाउने अवसर पाउनेछन् । आयोजक संस्थाकी अध्यक्ष मञ्जु श्रेष्ठले भनिन्, ‘पहिलोपटक नेपाल्स ब्युटि डिभा गर्न लागेका हौं । यस प्रतियोगितामा शीर्ष विजेता तथा फस्ट रनरअप, सेकेण्ड रनरअप र मिस ट्यालेन्ट उपाधि जित्नेले वासिंगटनमा हुने फेसन शोमा सहभागी गराइनेछ ।’
यस गु्रपले अमेरिकाको वासिंगटनमा फेसन शो गर्न लागेको हो । काठमाडौं, पोखरालगायतका स्थानमा फेसन शो तथा विभिन्न म्युजिक इभेन्टहरु आयोजना गर्दै आएकाो आरएनआरले सन् २०१८ को अमेरिकाका ‘ग्ल्याम क्यालेण्डर’ समेत लञ्च गर्दैछ । यो ६ जनवरीमा लञ्च हुने उक्त क्यालेण्डरमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलगायत विभिन्न मोडलहरुको तस्बिर डिस्प्ले गरिएको छ ।
‘नेपाल्स ब्युटि डिभा–२०१८’मा सहभागिता जनाउनका लागि आयोजकले न्युनतम प्रावधान राखेको छ । जसका लागि १६ वर्षदेखि २५ वर्ष उमेर समूहका नेपाली युवतीले आवेदन दिन सक्नेछन् भने शारीरिक उचाई पाँच फिट तथा शैक्षिक योग्यता एसईई एवं एसएलसी उर्तिण हुनु पर्नेछ ।

contact fb page : https://www.facebook.com/rnrgroupnepal

Comments