पत्रकार डब्बु क्षेत्री पुरस्कृत
screennepal
प्रकाशित: २०७४, १६ पुष आईतवार
no img

काठमाडौ, १५ पुस । यस वर्ष विन्ध्यवासिनी संगीत फाउन्डेसनले ’विन्ध्यवासिनी संगीत कला पत्रकारिता पुरस्कार’ राजधानी दैनिकका पत्रकार डब्बु क्षत्रीलाई प्रदान गरेको छ। २६ वर्षदेखि संगीत पत्रकारितामा योगदान पु-याएको भन्दै २५ हजार ५ सय २५ रुपैयाँसहित २०७४ सालको सो पुरस्कार प्रदान गरिएको हो ।
राजाधानीमा आयोजित कार्यक्रममा गायिका रिमा गुरुङ होडालाई १५ हजार ५ सय १५ रुपैयाँसहितको यो वर्षको विन्ध्यवासिनी संगीत रत्न सम्मान–२०७४ र चलचित्र निर्देशक कलाकार सुदर्शन थापालाई १० हजार १ रुपैयाँसहितको विन्ध्यवासिनी चलचित्र सम्मान–२०७४ बाट सम्मान गरिएको छ ।
रिमाको सम्मानमा गायिका टिका प्रसाईंले उनको एउटा गीत सो कार्यक्रममा प्रस्तुत गरिन् ।
निर्देशक दिनेश डीसीले सञ्चालन गरेको सो अवार्ड समारोहमा गायक राजेशपायल राई, मनोजराज, सीडी विजयलगायतका कलाकारले आफ्ना चर्चित गीत सुनाए ।
यस्तै शंकर बीसी, दुर्गेस थापा, दिपाशा बीसीलगायतले कार्यक्रममा प्रस्तुत गरेको नृत्यले पनि अवार्ड समारोहको रौनकता बढाएको थियो ।

Comments