युएसको ‘ग्ल्याम क्यालेण्डर–२०१८’मा साम्राज्ञी !
screennepal
प्रकाशित: २०७४, १६ पुष आईतवार
no img

काठमाडौं, १६ पुस । पछिल्लो समयकी चर्चित अभिनेत्री तथा मोडल साम्राज्ञी राज्यलक्ष्मी शाह अमेरिका ‘युएस’को ग्ल्यामर क्यालेण्डरमा छाएकी छन् । आरएनआर गु्रपले अमेरिकाका लागि प्रकाशन गरेको ‘ग्ल्याम क्यालेण्डर युएस–२०१८’ मा अभिनेत्री साम्राज्ञीलगायत ९ जना मोडलको तस्बिर छन् । यो क्यालेण्डर अंग्रेजी नयाँ वर्ष अर्थात १ जनवरी २०१८ (सोमबार) सार्वजनिक गरिँदैछ ।
नेपालमा विभिन्न सौन्दर्य तथा फेसन इभेन्टहरु आयोजना गर्दै आएको आरएनआर गु्रपले पहिलोपटक अमेरिकामा क्यालेण्डर प्रकाशन गरेको हो । हाल अमेरिकाको वासिंगटन डिसीमा फेसन शोको भव्य तयारी गरिरहेको यस गु्रपका अध्यक्ष मञ्जु श्रेष्ठले भनिन्, ‘ग्ल्याम क्यालेण्डर युएस–२०१८ सोमबार वासिंगटनको विलार्डस्थित फेयर फ्याक्स भिएमा सार्वजनिक गरिँदैछ ।’
सार्वजनिक क्यालेण्डरमा साम्राज्ञीका अलावा रोजी खुराना, न्यान्सी थापा, परिधि शर्मा, पल्लवी श्रेष्ठ, सिम्रन चँडाल, अस्मिता गौतम, प्रजिता ताम्राकार, अम्रिया खनाल र रेशु तामाङ जस्ता मोडलहरुको आर्कषक तस्बिर छन् ।
क्यालेण्डरमा समावेश तस्बिरहरु नेपालका चर्चित ग्ल्यामर फोटोग्राफर महेश प्रधानले खिचेका हुन् । लामो समयदेखि ल्ग्यामरस फोटोग्राफी गर्दै आएका महेशका यी तस्बिरहरुले अब क्यालेण्डरमा पनि चर्चा पाउने विश्वास गरिएको छ ।

Comments