‘सुपर मोडल नेपाल’का लागि फोटोसुट !
screennepal
प्रकाशित: २०७४, १५ पुष शनिबार
no img

काठमाडौं, १५ पुस । ‘द सुपर मोडल नेपाल–२०१७’ बन्न ५३ जना मोडलहरु प्रतिस्पर्धामा उत्रँदैछन् । प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टद्वारा आयोजित यस दोस्रो सिजनका लागि एकसेएक मोडलहरु प्रतिस्पर्धामा देखिएका छन् । यिनै प्रतिस्पर्धी मोडलहरुले शनिबार बागबजारस्थित तस्बिर स्टुडियोमा फोटोसुट गरे ।
प्रतिस्पर्धीहरुलाई फाइनलसम्म विभिन्न प्रशिक्षण आयोजकले दिनेछ । आउँदो ५ माघमा राजधानीमा हुने फाइनलका लागि मोडलहरुले पनि आफ्नो तवरबाट पूर्ण तयारी गर्नुपर्नेछ ।
यस प्रतियोगिताबाट एक सुपर मोडल छनोट गरिने आयोजक संस्थाका अध्यक्ष फुपु तेञ्जिङ शेर्पाले बताए । प्रतियोगितामा नयाँ तथा केही व्यसायिक मोडलहरुले पनि सहभागी जनाइरहेका छन् ।

Comments