चर्चा : हजारको नोट र पण्डितको अटोग्राफ !
screennepal
प्रकाशित: २०७४, ६ पुष बिहीबार
no img

काठमाडौं, ६ पुस । यहाँ चर्चामा आउनलाई खाशै ठूलो काम गर्न पर्र्दन । गोजीबाट फुत्त हजारको नोट झिक्यो अनि अटोग्राफ लियो, पुग्यो । अहिले यस्तै, एउटा अटोग्राफको चर्चा छ बजारमा ।


‘कोहल्पुर एक्प्रेस’ फिल्ममा लगानी गरेर निर्मात्री बनेकी अभिनेत्री केकी अधिकारीले एमाले नेता लालबाबु पण्डितलाई अटोग्राफ भराएपछि चर्चाको विषय बनेको हो । फिल्म ‘राज्जा रानी’को प्रमोशनका क्रममा पुर्व पुगेकी केकीले नेता पण्डितलाई देख्नेवित्तिकै गोजीबाट हजारको नोट झिकिन् र अटोग्राफ भराइन् । यहाँसम्म त ठीकै छ, तर। चर्चा भने अचाक्ली भएको छ ।
हुन त केकी आफै सेलिब्रेटी हुन् भने नेता पण्डित पनि के कम ? तैपनि चल्तीकी सिनेमा नायिकाले आफूबाट अटोग्राफ लिएपछि लालबाबु दंग पर्दै कम्मर मर्काउन पनि भ्याए रे । राज्जा रानीले बिराटनगर १२ स्थित स्थानीय बखरी बगैंचामा आयोजित पब्लिसिटी कार्यक्रममा समेत मुख्य अतिथि बनाइएको थियो । आफू मन्त्री बने फिल्मको लगानी उठाइदिने समेत पण्डितले बचन दिएको बताइन्छ । यो फिल्म २१ पुसमा रिलिज हुँदैछ ।

Comments