एकजुट भए शेर्पा कलाकार !
screennepal
प्रकाशित: २०७४, ३ पुष सोमबार
no img

काठमाडौं, ३ पुस । शेर्पा समुदायको कलाकारहरुलाई एकजुट गर्ने उद्देश्यसहिते शेर्पा कलाकार संघ गठन गरिएको छ । शेर्पा समुदायहरु अहिले स्थान, ठाउँ तथा क्षेत्रमा आफ्नो प्रभुत्व जमाउँदै गइरहेको बेला कलाकार संघ गठन गरिएको हो ।
शेर्पा समुदायका व्यक्तिहरु पछिल्लो समय हिमाल चड्नमा मात्र नभइ कला संस्कृतिमा पनि धनि छन् । तर्सथ, समग्र शेर्पा समुदायभित्र रहेका कलाकारहरुलाई एकजुट गर्ने उद्देश्य तथा शेर्पा कलाकारको हकहितको लागि शेर्पा कलाकार संघ गठन भएको नवगठित अध्यक्ष्ँ डिजे ङवाङ शेर्पाले बताए ।
शेर्पा कलाकार संघमा एपी शेर्पा बरिष्ट उपाधक्ष्य, आङ कामि शेर्पा उपाक्ष्य, ल्हमु शेर्पा उपाध्यक्ष, गायक दोर्जी लामा महासचिब, दावा के शेर्पा सचिब, जाङमु शेर्पा कोषाधक्ष्य, ओङमु शेर्पा सहकोषाध्यक्ष रहेका छन् भने प्रबक्तामा कर्मा शेर्पा रहेका छन् ।

गायक मिङमा शेर्पाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बरिष्ट गायक ल्हाक्पा शेर्पाको प्रमुख उपस्थिति रहेको थियो भने गायक ल्हाक्पा शेर्पा कलाकार संघको सल्लाहकार रहेका छन् ।
विश्वभर छरिएर रहेका शेर्पा समुदायका कलाकारहरुलाई एकजुट गराई सम्पूर्ण कलाकारहरुको हकहितलाई सम्बोधन गर्दै सबै शेर्पा कलाकारहरुको लागि आवाज उठाउने उद्देश्यले शेर्पा कलाकार संघ गठन भएको जानकारी महासचिब गायक दोर्जी लामाले दिएका छन् ।

Comments