‘लिटिल स्टार अफ दि इयर’ को खोजी सुरु
screennepal
प्रकाशित: २०७४, ३ पुष सोमबार
no img

काठमाडौं, ३ पुस । बालबालिका सम्बन्धी सौदर्य प्रतियोगिता ‘लिटिल स्टार अफ दि इयर २०१८’को दोस्रो सिजन सुरु भएको छ । आयोजक एनोवेसन इवेन्ट म्यानेजमेन्टले बिज्ञाप्ती जारी गर्दै प्रतियोगीताको आवेदन खुल्ला गरेको हो ।
बालबालिकाको प्रतिभा निखार्दै उनीहरुको सुनौलो भबिस्य निर्माण तिर अग्रसर गराउने उदेश्यले गत बर्षबाट यो प्रतियोगिता सुरु गरिएको एनोवेसन इवेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक महेश केसीले जानकारी दिए ।
७ देखि १४ बर्षसम्मका बालबालिकाले प्रतियोगीताका लागि आवेदन दिन सक्नेछन् । ७ देखि ९, १० देखि १२ र १३ देखि १४ सम्म गरि भिन्न भिन्नै तीन समहुको बिजेता छानिने छन् । प्रतियोगितामा लागि आवेदन फर्म दरबार मार्गस्थित सिडब्लु रेष्टुरेन्टमा उपलब्ध हुनेछ ।्
कार्यक्रमको पहिलो चरणको अडिसन आगामी शनिबार दरबार मार्गस्थित सिडब्लु रेष्टुरेन्टमा हुँदैछ । अडिसनबाट छानिएका प्रतियोगीलाई संगीत, गायन, नृत्य, ब्याक्तित्व बिकाश, सामाजिक उत्तर दायत्व, बालअधिकार, अनुसासन लगायत बिषयको प्रशिक्षण सहित अन्तिम स्पर्धा उतारिने कार्यक्रमको कोडिनेटर जीवन गिरीले जानकारी दिए ।
मोडल तथा अभिनेता दिक्पाल कार्कीको कोरियोग्राफी रहने प्रतियोगितामा गायिका कुन्ती मोक्तान, कलाकार बिरेन्द्र हमाल लगायतले समेत प्रशिक्षण दिनेछन् ।
प्रतियोगिताका बिजेताले ट्रफी सहित नगद उपहारका साथमा चलचित्र, बिज्ञापन चलचित्र अभिनयको अलवा बिभिन्न गिफ्ट ह्याम्पर जित्न सक्नेछन् । प्रतियोगितामा बिभिन्न २० उपशिर्षकमा समेत बिजेता छानिने छ ।

Comments