जेपी र सुनिताको स्वरमा ‘मुयेङ्सा एरेना…’ (स्टुडियो भिडियो)
screennepal
प्रकाशित: २०७४, ३ पुष सोमबार
no img

काठमाडौं, ३ पुस । गायक जेपी नेम्वाङ र सुनिता थेगिम लिम्बूको स्वर रहेको लिम्बु भाषाको एउटा गीत सार्वजनिक भएको छ । ‘मुयेङ्सा एरेना मिम्जिमे (मुसुक्क हाँसन प्रियसी) बोलको यस गीतलाई जेपी र सुनिताले निकै मिठो तवरमा गाएका छन् ।
जेपीकै संगीत रहेको यस गीतमा आन्छुमे नसानको शब्द तथा मनि ताम्लिङको एरेन्ज रहेको छ । गीतको भिडियो छायांकन हङकङमा हुने बताइएको छ । आउँदो ७ जनवरीमा हङकङका बिभिन्न रमणीय स्थानहरुमा छायांकन हुने भनिएको यस गीतको भिडियोलाई युगल पोमुले निर्देशन गर्दैछन् ।
सुनिता पछिल्लो समयकी आशालाग्दी गायिका हुन् भने जेपी नृत्य विधा हुँदै गायनमा लागेको हुन् । जेपीले मेरिङ नामक एल्वम सार्वजनिक गरिसकेका भने आनि लच्छारो, आनिङ्वाईन वाधुक पोङ्गी, सिरापधाङ, आईयाको छुईछुई पकन्दीलगायत लिम्बु भाषाका गीतमा स्वर दिएका छन् । त्यस्तै उनले चलचित्र ‘तारेभीर’मा समेत संगीत गरेका थिए ।

https://www.youtube.com/watch?v=yNzdVeSWlms

Comments