कुसल र पार्वतीको ‘हल्का–हल्का’ रोमान्स ! (भिडियो)
screennepal
प्रकाशित: २०७४, ३ पुष सोमबार
no img

काठमाडौं, ३ पुस । गायक कुसल थलङ ‘हल्का हल्का’ लिएर दर्शक तथा श्रोतामाझ आएका छन् । गायक थलङ र गायिका मिलन अमात्यको स्वर रहेको यस गीतको भिडियोमा गायकसँगै पार्वती राई र हिकास राईले अभिनय गरेका छन् ।
सन्तोष थलङको शब्दरचना रहेको यस गीतको भिडियोलाई पुर्वी नेपालको रमणीय स्थल इलामलगायतका स्थानमा छायांकन गरिएको हो । राजनराज सिवाकोटीको संगीत रहेको ‘हल्का हल्का’ गीत पुर्वेली फ्लेवरमा छ ।
गायनसँगै मोडलिङमा पनि जम्दै आएका कुसल यस गीतमा पनि जमेका छन् । भिडियोमा चर्चित नृत्यांगना समेत रहेकी पार्वतीसँग कुसलको जोडी सुहाएको छ । भुपेन्द्र तुम्बाहाम्फेले खिचेको यस भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । गायक कुसलका अनुसार यो भिडियो निकै अगाडि खिचिएको हो । तर, समय नमिलेका कारण अहिले आएर रिलिज गरेको उनले बताए ।

Comments