प्रकृति–हेमराज अभिनीत ‘यति मनपराउँछु म…’ (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७४, १ पुष शनिबार
no img

काठमाडौं, १ पुस । ‘यति धेरै मनपराउँछु म…’ भन्दै गायिका प्रकृति थलङ र मोडल हेमराज ओङछङ्बोले हङकङको विभिन्न रमणीय स्थलहरुमा रोमान्स गरेका छन् । यस गीतलाई प्रकृति र रोमन लिम्बूले गाएका हुन् । हङकङमा छायांकन गरिएको यस भिडियोमा गायिका प्रकृति र हङकङमै बस्दै आएका हेमराजको प्रेम रोमान्स छचल्किएको छ ।
गायनलाई पेसाका रुपमा अँगाल्दै आएकी प्रकृति अभिनयमा पनि खुलेकी छन् । त्यसैले आगामी दिनमा गायनसँगै मोडलिङ गर्दा प्रकृतिका लागि फरक पर्दैन । तर, उनले मोडलिङप्रति रुचि नभएको बताउँदै आएकी छन् । ‘मलाई मोडलिङमा सौख छैन’ उनले भनिन्, ‘आफ्नो गीतमात्र अभिनय गरेकी हुँ ।’

लेकाली कान्छाको शब्दरचना र शंकर थापा ‘स्माइल’को संगीत रहेको ‘यति मनराउँछु म’ गीतको यस भिडियोलाई युगल पोमुले निर्देशन गरेका हुन् । जो केही समययता हङकङमै छन् । यस भिडियोमा प्रकृति र हेमराज ललितपुरस्थित तेह्रथुमे ढाका बुटिकले तयार गरेको ढाका क्रियटिभ पहिरनमा निकै खुलेका छन् । हङकङको समुद्री तटलगायत विभिन्न रमणीय प्रकृतिसँग प्रकृति र हेमराजको प्रेमभावलाई निर्देशक युगलले कलात्मक रुपमा उतारेका छन् । यस गीतले गायिका प्रकृतिलाई गायनमा मात्र नभएर एक कुसल मोडलका रुपमा समेत चिनाउनेछ ।

Comments