जिग्मेले उस्तै गाइन् दर्पणको ‘तिमीलाई मनपराउनु…’ (भिडियोसहित
screennepal
प्रकाशित: २०७४, २९ मंसिर शुक्रबार
no img

काठमाडौं, २९ मंसिर । चर्चित गीत हो, ‘तिम्ले बाटो फेरेऊ अरे’ । यस गीतका गीतकार हुन् दर्पण राई । दर्पणकै यो गीत ‘चाइल्ड भर्सन’मा गाएर बालगायिका जिग्मे छ्योकी घिसिङ पनि लोकप्रिय भइन् । यिनै बालगायिकाले फेरि दर्पणको अर्को गीत पनि गाएकी छन् । मोडल तथा म्युजिक भिडियो निर्देशक समेत रहेका दर्पणको पछिल्लो गीत ‘तिमीलाई मनपराउनु मेरो गल्ती होइन’ बोलको गीत जिग्मेले गाएकी छन् । जुन गीतलाई दर्पणले महत्वका साथ लिएका छन् ।

‘तिम्ले बाटो…’ गीतमार्फत आफूलाई गीतकारको रुपमा चिनाएका दर्पण थोरै लेख्छन् । तर, उनका गीत प्राय हिट हुन्छन् । त्यस्तै, ‘तिमीलाई मनपराउनु’लाई पनि श्रोताले रुचाइरहेका छन् । यसैबेला ‘चाइल्ड भर्सन’मा जिग्मेले यो गीत गाएकी छन् । सानी छिन् जिग्मे तर स्वर निखारिएको छ । त्यसैले उनले गाएका गीतलाई श्रोता तथा दर्शकले रुचाउँने गरेका छन् । महेन्द्र राईले संगीत गरेको ‘तिमीलाई मनपराउनु मेरो गल्ती होइन’ बोलको अर्जिनल स्वर राजेशपायल राईले दिएका हुन् । यसअघि चर्चामा आएको ‘तिम्ले बाटो…’लाई पनि राजेशपायल र महिला भर्सनमा मेनिला राईले गाएकी हुन् ।
यस्तै, यसपटक पनि दर्पणले ‘तिमीलाई मनपराउनुलाई’ जिग्मेलाई गाउन दिएकी छन् । दर्पणका अनुसार स्वरकी धनी जिग्मेलाई चाइल्ड भर्सनमा गाउन दिएर उनको प्रतिभाको कदर गरिएको हो भने अर्कोतर्फ गीतको प्रमोशन पनि हो । दर्पणले यस गीतलाई पनि श्रोता तथा दर्शकले रुचाउँछन् भन्नेमा विश्वस्त छन् ।

Comments