एञ्जिलाको यस्तो छ ‘सम्बन्ध…’ (भिडियो)
screennepal
प्रकाशित: २०७४, २६ मंसिर मंगलवार
no img

काठमाडौ, २६ मंसिर । लोकसंगीत क्षेत्रकी प्रतिभाशली नवगायिका एन्जिला भुजेलको नयाँ म्युजिक भिडियो ‘सम्बन्ध’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । यस गीतमा बिराज तामाङले शब्द, लय स्वर दिएका छन् भने थेगो बिर्ख एलआरले बनाएका हुन् ।
यस गीतको भिडियोमा निर्देशकको भुमिका प्रेम लामाले निभाएका छन् । भने छायांकन टङ्क केसी र कोरियोग्राफर मदन खड्काको रहेको छ । आशा खड्का र अबिराज बिसिको अभिनय रहेको यस गीतलाई स्वरलिपिमा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । यस गीतलाई परिवर्तन डिजिटल म्युजिक प्रालिले बजारमा ल्याएको हो।

Comments