एकान्तको ‘चासोक तङ्नाम’मा यासेली र मीना (भिडियो)
screennepal
प्रकाशित: २०७४, २३ मंसिर शनिबार
no img

काठमाडौ, २३ मङ्सिर । गायक एकान्त आङ्देम्बेले पुर्वेली भाकामा ’चासोक तङ्नाममा भेटेर सोल्टीनी धानै नाचौला’ बोलको गीत तथा म्युजिक भिडियो ल्याएका छन् । यो भिडियो लिम्बु समुदायको चाड चासोक तङ्नामको छेक पारेर सर्वजनिक गरिएको हो ।


चासोक तङ्नामकै दिन ललितपुरस्थित सानो हात्तीवन माङ्हिम आसपासमा छायांकन गरिएको यस भिडियोमा कलाकार यासेली योङ्हाङ र मीना मादेन र जीवन राईले अभिनय गरेका छन् ।
यस गीतको शब्द टंक सम्बाहाम्फेले लेखेका हुन् । जो लामो समय यता गीति लेखनमा सक्रिय छन् । असोक लोहरुङ राईको कम्पोज रहेको यस गीतको भिडियोलाई मेघराज मगरातीले निर्देशन गरेका हुन् ।

Comments