‘शिरफूल’मा निर्देशकसँग मरिष्काको लचक–लचक (भिडियो)
screennepal
प्रकाशित: २०७४, २३ मंसिर शनिबार
no img

काठमाडौं, २३ मंसिर । प्रदर्शनको तयारीमा रहेका चलचित्र ‘शिरफूल’ को शीर्षगीत ‘शिरैमाथि शिरफूल’ सार्वजनिक गरिएको छ । गीतमा अभिनेत्री मरिष्का पोखरेल र निर्देशक कमल एक्चैमगरले कम्मर मर्काएका छन् । लोक आइटम यस गीतलाई देवराज आले मगर र तारा श्रीस मगरले गाएका हुन् । देवराजकै संगीत रहेको यस गीतलाई राजु थापाले लेखेका हुन् ।
मगरस क्रियशन इन्भेष्टमेन्ट कम्पनी र पर्फमिङ आर्ट क्रियशनको संयुक्त प्रस्तुति रहेको शिरफूलको निर्माता आर्शिवाद पुनमगर रहेका छन् भने चलचित्रलाई निर्देशन कमल एक्चै मगरले गरेका छन् ।

चलचित्रको टेलर पनि छिट्टै नै सार्वजनिक गरिने र विश्वका विभिन्न देशहरुमा च्यारिटिको अन्तिम तयारीमा रहेको शिरफूलले स्वदेशको प्रदर्शनको लागि मिति भने छिट्टै प्रत्रकार सम्मेलन गरि जानकारी दिने निर्देशक मगरले जानकारी दिए ।
बढ्दो आधुनिकताको प्रभावसँगै युवापुस्तामा देखिएको विविध खाले विकृतिलाई उजागर गर्दै त्यसको निराकरण पहिल्याउन सहयोग पुग्ने विषयवस्तु, विशेषगरी नयाँ पुस्तामाझ प्रेम, मौलिकता तथा कला संस्कारलाई फेसनका रुपमा लिने चलनको बढ्दो विकृतिसँगै यसबाट समाजमा देखिएको नकारात्मक प्रभावको चित्रण गरिएको चलचित्र शिरफुल नेपाली दर्शंकको लागि एक उत्कृष्ट मौलिक चलचित्र बनेकोले दर्शकहरुले मन पराउने विश्वास निर्माताले लिएका छन् ।

Comments