गायिकाकै निर्देशनमा ‘म त मरिदिन्छु’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, २० मंसिर बुधबार
no img

काठमाडौ, २० मङ्सिर । गायिका संगीता रायमाझी राम्रो गाउछिन्, यो धेरैलाई थाहा छ । तर, निर्देशन पनि राम्रो गर्छिन् भन्ने थाहा नहुनसक्छ । तिनै थाहा नहुनेका लागि यो भिडियो ।
‘म त मरिदिन्छु’ बोलको यो गीत संगीताले गाएकी हुन् भने भिडियोको निर्देशन पनि उनैले गरेकी हुन् । हुन हुन त उनलाई धेरैले ‘म्युजिक भिडियोमा मोडलिङ गर्नु’ पनि भन्छन् । करण, उनी मोडेल भन्दा कम छैनन् । तैपनि उनले गायनलाई प्राथमिकता दिदै आएकी छन् । उनी भन्छिन्, ‘भिडियोमा अलि पछि मोडलिङ पनि गर्नुपर्ला ।’
संगीताको यो गीतलाई आर्य राईले लेखेका हुन् भने संगीत बुद्ध सायमीले गरेका छन् ।

गीत निकै मार्मिक छ । प्रेमभाव बोकेको यस गीतको भिडियोमा सिमोन अधिकारी र सुश्मा कार्कीले अभिनय गरेका छन् । केही दिन अघि युट्युबमा सार्वजनिक भएको यस भिडियोलाई बीरेन्द्र भाट र दिलिप योन्जनले सम्पादन गरेका हुन् । यस भिडियोले गायिका संगीतालाई अवश्य म्युजिक भिडियो निर्देशकको रुपमा समेत चिनाउने छ ।

Comments