ललितपुर–३ मा मेरो जीत सुनिश्चित : उज्वलकृष्ण
screennepal
प्रकाशित: २०७४, २० मंसिर बुधबार
no img

काठमाडौं, १८ मंसिर । विवेकशील साझा पार्टीका तर्फबाट प्रतिनिधि सभाका लागि ललितपुर निर्वाचन क्षेत्र ३ का प्रत्यक्ष उमेरद्वार उज्वलकृष्ण श्रेष्ठ चुनाव जित्नेमा ढुक्क छन् । मौन अवधि सकिन केही घण्टाअघिसम्म चुनावी प्रचारमा रहेका उनले भने, ‘मतदाताको प्रतिक्रिया एकदमै राम्रो पाएँ । त्यसैले यस क्षेत्रमा मेरो जीत सुनिश्चित जस्तै छ ।’


यी युवा व्यवसायिक पहिलोपटक चुनावी मैदानमा उत्रिएका हुन् । तर, उनको राजनीति उपस्थिति खरो देखिएको छ । ललितपुरकै स्थानीय भएकाले पनि आफूलाई मत दिने उनको विश्वास छ भने अर्कोतिर विवेकशील साझा पार्टीले नयाँ एजेण्डा लिएर आएको उनको भनाइ छ ।
उज्जलले आफ्नो क्षेत्र ललितपुर ३ का सबै मतदाताको घरदैलो चहार्न भ्याएका छन् । जसबाट एकदमै सकरात्मक प्रतिक्रिया पाएको उनको दावी छ । पाटन, जावलाखेल, सातदोबाटो, ताल्चीखेल, ठेचो, झम्सीखेललगायतका क्षेत्रका जनताले राम्रो प्रतिक्रिया दिएको उनले बताएका छन् । ‘नयाँ युग परिवर्तन र नयाँ नेपाल निर्माणको लागि नयाँ पुस्ताको नेतृत्व’ भन्ने नाराका साथ उनी विवेकशील साझा पार्टीको तर्फबाट प्रतिनिध सभा निर्वाचनमा चिुनावी मैदानमा उत्रिएका हुन् ।

Comments