अढाई लाख दर्शकले हेरे महादान
screennepal
प्रकाशित: २०७४, २० मंसिर बुधबार
no img

काठमाडौं, २० । भोली अर्थात् २१ मंसिरमा हुन गइरहेको दोस्रो चरणको निर्वाचनका लागि ४५ जिल्लामा पुगेका २२ नाट्य टोलीले सडक नाटक ‘महादान’ सोमबार प्रदर्शन समापन गरेका छन् । निर्वाचन आयोगको आयोजना, सांँस्कृतिक संस्थानको संयोजन र आरोहण गुरुकुलको सहकार्यमा प्रस्तुत हुँदै आएको यो नाटक मार्फत कलाकारहरुले सम्बन्धित क्षेत्रमा निर्वाचन कसरी गर्ने, आफ्नो मतको सदुपयोग कसरी हुन्छ, निर्वाचन कसका लागि लगायतका बिषयमा महादान मार्फत जनचेतना फैल्याए ।
यस अगाडि गत १० मंसिरको पहिलो चरणको निर्वाचलाई मध्यनजर गरेर २० नाट्य टोली ३२ जिल्लामा खटिएका थिए । ति टोलीले नाटक महादान मञ्चन सफल पुर्वक सम्पन्न गरे लगतै दोस्रो चरणको निर्वाचनका लागि नाट्य टोली ८ मंसिरबाटै मञ्चमा उतारिएको साँस्कृतिक संस्थानमा महाप्रवन्धक राजेश थापाले जानकारी दिए ।


‘दुबै चरण गरेर मतदाता शिक्षा नाटक महादान कुल ७७ जिल्लाको सबै स्थानिय निकायमा मच्चन भएको छ’ महाप्रवन्धक थापाले भने ‘महादान मार्फत मतदान शिक्षा फैलाउन हामी सफल भयौ ।’ थापाका अनुसार स्थानिय कलाकार परिचालन गरिएको नाटक मञ्चनका क्रममा नेपाली सहित बिभिन्न स्थानिय भाषामा महादान देखाइएको छ । ‘स्थानिय भाषालाई समेत जोड्ने हो भने करिब २० भाषामा नाटक महादान मञ्चन भएको छ’ थापाले थपे ।
मतदाता शिक्षाका लागि हिमाली तथा पहाडी जिल्लामा खटिएका बिभिन्न नाट्य टोली मध्य केहीले पाँच दिनसम्मको लगातार पैदल यात्राबाट बाटो पछ्याएर पनि स्थानिय निकायमा नाटक महादान देखाउन सफल भएका छन् भने अर्काे केही टोलीले एक स्थानबाट अर्काे स्थानमा नाटक प्रदर्शन गर्न जाँदा दिनभर पैदल यात्रा समेत गरे ।
गत २७ कात्र्तिकबाट सुरु भएको नाटक २२ दिन आर्थात १८ मंसिर सम्म मञ्चन भएको छ । यो अवधिमा करिब २ लाख ५० हजार दर्शकले प्रत्यक्ष नाटक महादान हेरेर मतदाता शिक्षा लिएका छन् ।
मञ्चनको अन्तिम दिन सोमबार पनि नाटक महादान बिभिन्न जिल्लामा भए । यसैक्रममा सोमबार प्रदेश १ को सुनसरीको चार स्थानिय निकायमा पनि महादान मञ्चन गरियो । आरोहण गुरुकुलले सुनसरी जिल्लाको दुहवी नगरपालिकाको दुहवी, इनरुवा नगरपालिकाको इनरुवाबजार, रामधुनी नगरपालिकाको झुम्का बजार र इटहरी उपमहानगरपालिकाको खनार बजारमा नाटक देखाएको छ । यी स्थानमा नाटक मञ्चनका क्रममा करिब ७ सय बढी दर्शक पाएको नाट्य टोलीका निर्देशक दीपेश भण्डारीले बताए । यसै गरि भ¥याङ नाट्य समूहले आईतबार र सोमबार उदयपुरको बिभिन्न स्थानहरुमा महादान मञ्चन गरेको छ । उनीहरुले कटारी नगरपालिकाको कटारी बजार, सुनकोशी गाउँपालिकाको बाराहा, त्रियुगा नगरपालिकाको गाईघाट बजार, चौदण्डीगढी नगरपालिकाको बेल्टार, बेलखा नगरपालिकाको टपेश्वरी आम्बासी, रौतामाहाी गाउँपालिकाको मुर्कुचि र काली गाउँपालिकाको रुपाटारीमा नाटक महादान प्रस्तुत गरे ।
यस्तै प्रदेश २ को बारामा पनि सोमबार नाटक महादान मञ्चन भयो । जिल्लाको पर्वानीपुर गाउँपालिकाको बुनियार, पर्साैनी गाउँपालिकाको पुटनाजब्दी र कलैया उपमहानगरपालिकाको इनरुवा टोलमा गढीमाइ नाट्य समुहले नाटक महादान प्रदर्शन गरेको छ । यी स्थानमा आफुले नेपाली, भोजपुरी र थारु भाषामा नाटक देखाइएको नाट्य टोलीका प्रमुख रामलोचनले जानकारी दिए ।
त्यस्तै प्रदेश ३ को सिन्धुली स्थित गोलन्जोर गाउँपालिकाको खनियाखर्क, घ्याङलेख गाउँपालिकाको खट्टारमा नाटक देखाएको छ ।
त्यस्तै प्रदेश ४ को तनहुँ पुगेको भिक्टोरीया नाट्य समुहले त्यहाँ स्थित ब्यास नगरपालिकाको बिसघरे, घिरिङ गाउँपालिकाको देउराली र रिसिङ गाउँपालिको गोठादीमा नाटक महादान मार्फत निर्वाचन शिक्षा बाढेको टोली नेता संगम कायस्थले सुनाए ।
त्यस्तै प्रदेश ५ को पाल्पा पुगेको संँस्कृतीक संस्थानको रमेश केसी मट्टारे नेतृत्वको टोलीले जिल्लास्थित मिस्सी गाउँपालिकाको मितेल बजार र रामपुर नगरपालिकाको बेदहाड बजारमा महादान मञ्चन ग¥यो ।
यस्तै प्रदेश ७ को डडेलधुरस्थित ज्ञानपुरधारा गाउँपालिकाको भातकाडा, आलिताल गाउँपालिकाको घरेलु गाउँ, परशुराम नगरपालिकाको जोगबुढा बजारमा सु.प. साँस्कृतीक मञ्चले पश्चिमेली भाषामा नाटक महादान मञ्चन गरेको छ ।

Comments