थारु भाकामा यस्तो सुनिइन् मेलिना राई (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, २० मंसिर बुधबार
no img

काठमाडौं, २० मंसिर । पछिल्लो समयकी लोकप्रिय गायिका मेलिना राईंले पहिलोपटक थारु भाषाको गीत गाएकी छन् । ‘चाँद जैसिनतोहार सुरतिया’ बोलको उनले थारु गीत गाएकी छन् । उनलाई स्वरमा थारु गायक नरेश जोगीले साथ दिएका छन् ।
नरेशकै शब्द तथा संगीत रहेको यस गीतको भिडियो यु–ट्युुबमा सार्वजनिक भएको हो । गीतमा संगीत संयोजन विशाल निरौलाले गरेका छन्् । गीतको भिडियोमा थारु मोडलद्धय जेएमसी चौधरी र करिष्मा चौधरीले अभिनय गरेका छन् ।
‘मलाई विभिन्न समुदायका भाषा माथि गीत गाउन मनपर्छ,’ मेलिनाले भनिन्, ‘थारु भाषा त बुुझ्दिन तर गीत गाउने अवसर पाउँदा निकै खुशी छु ।’
राजु केसीले खिचेको यो गीतको भिडियोको सम्पादन र निर्देशन अर्जुन थापाले गरेका हुन् ।

Comments