आर्कषक बिनु, जो बेली डान्समा पोख्त छिन् (फोटोफिचर)
screennepal
प्रकाशित: २०७४, २० मंसिर बुधबार
no img

काठमाडौं, २० मंसिर । मोडल तथा डान्सर बिनु शाक्य पछिल्लो समय चर्चामा छिन् । सानैदेखि नृत्यमा रुचि राख्दै आएकी बिनु सिन्धुपाल्चोकको लामोसाँघुकी हुन् । हाल राजधानीमै बसेर आफ्नो रहर र रुचिलाई पूरा गर्दै आएकी बिनुले हट तस्बिर खिचाएपछि चर्चामा आएकी हुन् ।


बिनुले नृत्यलाई आफ्नो ‘प्यासन’मा रुपमा लिँदै आएकी छन् । अंग्रेजी विषयमा मास्टर डिग्रीसम्मको अध्ययन गरेकी उनी विभिन्न स्टेज कार्यक्रम र मोडलिङमा व्यस्त हुँदै आएकी छन् ।


युनिसेफमा कार्यरत बिनु विशेषगरी बेली डान्समा पोख्त छिन् । यिनै प्रतिभाशाली नृत्यकार तथा मोडल बिनुलाई स्क्रीन नेपालको ‘फेस अफ द वीक’मा प्ले गरेका छौं । हेनुैस् बिनुका आर्कषक तस्बिरहरु ।

Comments