सिमान्त र सोनिया भए ‘मिस एण्ड मिस्टर विश्वकर्मा’
screennepal
प्रकाशित: २०७४, १९ मंसिर मंगलवार
no img

काठमाडौ, १९ मङ्सिर । ‘मिस एण्ड मिस्टर विश्वकर्मा-२०१७’ को ताज सोनिया विश्वकर्मा र पुरुषतर्फ सिमान्त बराइलीले जितेका छन् । राजाधानीमा आयोजित यस प्रतियोगितामा फर्स्ट रनरअप र सेकेन्ड रनरअप भने चुनिएन । फस्ट र सेकेण्ड नभएको सम्भवत: यो पहिलो प्रतियोगिता हो ।


त्यस्तै, प्रतियोगितामा महिलातर्फ मिस फोटोजेनिक निशा सुनार, बेस्ट ड्रेसमा बिनु विश्वकर्मा, मिस टेलेन्ट सुसमपन्ना रसाइली, मिस चर्मिंङ रेजिना बिश्वकर्मा, पपुलर सोनिया बिश्वकर्मा, बेस्ट स्माइल खुस्बु बिश्वकर्मा, बेस्ट स्किन सरिता रमदम, क्याटवाक सोनिया बिश्वकर्माले हात पारेकी छन् भने पुरुषतर्फ मि. फोटोजेनिक प्रलाद गजमेर मि. पर्सनालिटि सिमान्त बराइली,मि टेलेन्ट सुरज बिश्वकर्मा,मि फ्रेन्डली कमल विश्वकर्माले हात पारे ।
संचारकर्मी एव फेशन कोरियोग्राफर जयन सुब्बा मानन्धरको कोरियोग्राफी रहेको यस प्रतियोगिता बिश्वकर्मा समुदायका युवाहरूको आफ्नो कला सस्कृति एव पहिचान दिलाउन गरिएको हो । प्रतियोगितामा बिश्वकर्मा समाज नेपाल, बिश्वकर्मा समाज युएइ, बिश्वकर्मा समाज कुबेतले सहकार्य गरेको आयोजक राज बराइलीले बताए | समपन्न भएको छ ।
मिस विश्वकर्मा मात्र आयोजना गरिएको परिवर्तन इभेन्ट नेपालले यसपटक भने मिस एव मिस्टर बिश्वकर्मा एकैसाथ पहिलोपटक आयोजना गरेको हो ।

Comments