‘छायाँछवि काव्य श्रृंखला’मा सुनिए हेम र सुशीला
screennepal
प्रकाशित: २०७४, १८ मंसिर सोमबार
no img

काठमाडौं, १८ मंसिर । चलचित्र र गीतसंगीतको क्षेत्रमा काम गर्दै आएको छायाँछवि क्रियशनले साहित्यिक कार्यक्रम प्रारम्भ गरेको छ । छायाँछविले ‘छायाँछवि काव्य शृंखला’ सुरु गरेर साहित्यानुरागी तथा कवि र साहित्यकारहरुलाई खुसी बनाएको छ । यसैक्रममा छायाँछवि काव्य श्रृंखलाको दोस्रो कार्यक्रम सम्पन्न गरेको छ ।


‘छायाँछवि काव्य श्रृंखला’को दोस्रो चरणमा युवा चर्चित कवि हेम प्रभास एवं गीतकार तथा गजलकार सुशीला पौडेलले प्रस्तुत भएका थिए । साहित्यकार, कलाकारहरुको बाक्लो उपस्थितिबिच सिटीम्याक्स बागबजारमा सम्पन्न कार्यक्रममा ओजस्वी कविता एवं गजल हेम प्रभास र सुशीला पौडेलले सुनाएका थिए भने कवि हेम प्रभासले आफ्ना चर्चित एवं नयाँ कविताहरु करिव एक दर्जन सुनाए ।


कार्यक्रममा छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले आफू पनि पहिले साहित्यमै क्रियाशिल रहेको बताउँदै केहि टुटेता पनि अब काव्य श्रृंखलाको माध्यमले जोडिने बताए । उनले हरेक महिना विभिन्न श्रष्टालाई समेटेर नियमित कार्यक्रम प्रस्तुत गरिने पनि बताए ।

 

Comments