यसरी बाँधिए अंगालोमा निराजन र अशिष्मा (हेर्नुस् भिडियो)
screennepal
प्रकाशित: २०७४, १८ मंसिर सोमबार
no img

काठमाण्डौ, १८ मङ्सिर । गायक सुरज मानन्धर आफ्नो नयाँ गीत “तिम्रो अंगालोमा”को म्युजिक भिडियो लिएर आएका छन् । लामो समयको मेहनत र प्रतीक्षापछि फरक आवाज भएका यी गायकले आफ्नो यो गीत सार्बजनिक गरेका हुन् ।
गीतमा गायक सुरजलाई अन्जु पन्तले साथ् दिएकी छन् ।
चन्दन के श्रेष्ठसंग शास्त्रीय संगीतको शिक्षा लिएका गायक मानन्धरको यो गीतमा गोबिन्द दाहालको शब्द रहेको छ । गीतमा चन्दन के श्रेष्ठको संगीत र फणिन्द्र राईको संगीत संयोजन रहेको छ । यस गीतको म्युजिक भिडियोमा निराजन प्रधान र अशिष्मा नकर्मीको अभिनय छ । राजिव समरको कोरियोग्राफी रहेको भिडियोलाई अनिल के मानन्धरले छायांकन गरेका हुन् । सुप्रिम पराजुलीले सम्पादन गरेको भिडियोलाई शान थापाले निर्देशन गरेका छन् ।

Comments