सुगमको ’तिमी हिंड्ने बाटो छाडिदिए…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, १७ मंसिर आईतवार
no img

काठमाडौ, १७ मङ्सिर ।पछिल्लो समय नेपाली चलचित्रमा लगातार सुपरहिट गीत दिएका सुगम पोखरेलले आफ्नो नया म्युजिक भिडियो सार्बजनिक गरेका छन् । सुगमको आफ्नो एल्बम स्बेत हंसनीमा समाबेश तिमी हिड्ने बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको हो ।
बिकाश सुबेदीले निर्देशन गरेको भिडियोमा अहिलेकी चर्चित नायिका आचल शर्माको अभिनय रहेको छ भने उनलाई आकाश राई र भुबन खड्काले साथ दिएका छन् ।
तीन साथीबिचको प्रेम र बिबाहको घटनालाई देखाईको भिडीयो कोरियन स्टाइलमा तयार गरिएको छ । राजन तिमिल्सनाको संगीत रहेको यस गीतमा केशब शर्मा बेलबासेको शब्द रहेको छ । गायक सुगम पोखरेलले आफु यो गीतबाट निकै आशाबादी भएको बताए । नायिका आचल शर्माले आफुलाई मन पर्ने गायक पोखरेलको गीतमा काम गर्न पाउदा खुसी लागेको बताएकी छन् ।
निर्देशक बिकाश सुबेदीले आफ्नो यो भिडियो आफ्ना पछिल्लो भिडियो भन्दा फरक भएको कोरियन लब स्टोरीबाट प्रेरित भएर नेपाल प्रयोगमा गरेको बताउदै दर्शकलाई भिडीयो मनपर्ने बिश्बास लिएको बताएका छन् । भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् भने अनिल के मानन्धरले खिचेका हुन् ।

Comments