‘मिस नेशनल आईकन’ प्रतियोगीले देखाएका कला
screennepal
प्रकाशित: २०७४, १७ मंसिर आईतवार
no img

काठमाडौं, १७ मंसिर । ‘मिस नेशनल आईकन–२०१७’का प्रतियोगीले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । ‘ट्यालेन्ट राउण्ड’अन्तर्गत उनीहरुले कला देखाएका हुन् ।


ब्राइट इन्टरटेनमेन्ट प्रालिद्वारा पहिलोपटक आयोजना हुन गइरहेको यस प्रतियोगितामा २१ जना युवतीले प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरुले ट्यालेन्ट राउण्ड अन्तर्गत नृत्य, गायन र वक्तृत्वकला प्रस्तुत गरेका थिए । प्रतियोगिताको अन्तिम स्पर्धा यही २३ मंसिरमा जमलस्थित राष्ट्रिय नाचघरमा हुँदैछ ।
यस प्रतियोगितामा शीर्ष विजेता हुने सुन्दरीले ताजका आलावा १८ लाख मूल्य पर्ने ड्याटसन कार पाउने आयोजक संस्थाका अध्यक्ष तथा गायक धनीराम राईले बताए । त्यस्तै, फस्ट रनरअपले ताजसहित स्कुटी र सेकेण्ड रनरअपले नगद ५० हजार प्राप्त गर्नेछिन् । सौन्दर्य प्रतियोगिताको भीडमा फरक पहिचान बनाउन विजेतालाई कार प्रदान गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ ।
कतिपय सुन्दरी प्रतियोगितामा विजेताले घोषित गरेको पुरस्कार रकम समेत नपाइरहेको अवस्थामा कार पुरस्कार प्रदान गर्ने ब्राइट इन्टरटेनमेन्टले अहिले चर्चा पाइरहेको छ ।
प्रतियोगिताको ट्यालेन्ट राउण्टका लागि आयोजकको तर्फबाट गायक तथा संगीतकार धनीराम राई, आर तथा मोडल कला सुब्बा, संगीतकार आनन्द राई र ब्युटिसियन सुमित्रा कपाली निर्णायक थिए ।

 

 

Comments