नेपाल आइडल टप-टेन मेनुकाको ‘फुलको सुभाष…’
screennepal
प्रकाशित: २०७४, १४ मंसिर बिहीबार
no img

काठमाडौं, १४ मङ्सिर । चर्चित रियालटी शो ‘नेपाल आइडल’को टप-टेन भित्र पर्न सफल गायिका मेनुका पौडेलको अर्को मनछुने गीत ‘फुलको सुभाष भनेनी तिमी ..’ सार्वजनिक भएको छ ।
गीतकार केशब राज रसाईलीको शब्द तथा अहिलेका चर्चित संगीतकार तथा एरेन्जर पुस्कर सुनुवारको एरेन्ज रहेको गीत निकै मार्मिक रहेको छ ।
गीतको भिडियोमा गायिकाको गायक कला माथी फिचरिङ गरिएको छ । भिडियो नविन सुनुवारले छायाँकन तथा सम्पादन गरेका हुन् । गीतलाई संध्या म्यूजिकले ल्याएको छ ।

Comments