यस्तो छ स्व.आलोक नेम्बाङ निर्देशित अन्तिम भिडियो (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, १४ मंसिर बिहीबार
no img

काठमाडौं, १४ मंसिर । आलोक नेम्बाङद्वारा निर्देशित सम्भवतः अन्तिम म्युजिक भिडियो सार्वजनिक भएको छ । निर्देशक नेम्बाङले २०७१ साल कात्तिक २० गते यो संसार त्याग्नुभन्दा केही दिनअघि निर्देशित गायक प्रल्हाद तिमिल्सिनाको स्वरको ‘यो मनलाई…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
भिडियो छायांकन भएको केही दिनपछि नै निर्देशक नेम्बाङले आत्महत्या गरेपछि भिडियोका फुटेजहरु संकलन गर्न समय लागेकाले अहिले आएर भिडियो सार्वजनिक गरिएको गायक तिमिल्सिनाले जनाएका छन् । भिडियो गायक तिमिल्सिनाकै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
कालीप्रसाद रिजालको शब्द तथा आलोकश्रीको संगीत निर्देश्ँनको उक्त गीतमा महाराज थापाको संगीत संयोजन छ । उक्त गीत गायक तिमिल्सिनाको एकल एल्बम ‘महक’ मा समावेश गरिएको छ । धीरजजंग शाहद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका छन् । बालाजु आसपासका क्ष्ँेत्रमा छायांकन गरिएको उक्त भिडियोमा अनिल थापा तथा एलिजा बस्नेतले अभिनय गरेका छन् ।

Comments