शिल्पीमा ‘रात चिन्र्या भानु’
screennepal
प्रकाशित: २०७४, १४ मंसिर बिहीबार
no img

कामठाडौं, १४ मंसिर । लोकदृष्टि थिएटरको सहकार्यमा आरम्भ कलाकार समूहको प्रस्तुती नाटक रात चिन्र्या भानु शिल्पी थिएटर, बत्तिसपुतलीमा मंचन भइरहेको छ । यो नाटक आदीकवि भानुभक्तको जिवनीमा आधारित छ । यो नाटक १० मंसिरमा सुरु भएको हो भने १६ गतेसम्म चल्नेछ ।
मंचमा भानुभक्त र घाँसीको सालिकसँगै देखिन्छन् । सबैजना आउँछन् र भानुभक्तलाई मात्र माला लगाइदिन्छन् तर घाँसीलाई भने कसैले पनि चासो दिदैनन् । यत्तिकैमा एकजना शुभचिन्तक आइपुग्छन् र घाँसीको पहिचान नभएको भनेर चिन्ता ब्यक्त गर्दछन् । घाँसीको पहिचानको गहिराई सम्म पुग्न भानुभक्तको अध्ययन गर्ने शुभचिन्तकको अठोट सँगै नाटक फ्लास ब्याकमा प्रबेश गर्दछ ।
हजुरबुवा सँगै सस्कृत शिक्षाको आरम्भ गरेका भानुभक्त शिक्षाकै खोजीमा काँशि सम्म पुग्दछन् ।काँशिबाट फर्केपछि एकदिन एउटा घाँसी सँग भेट हुन्छ ।घाँसीकै प्रेरणा बाट उनले रामायणलाई खस भाषामा उल्था गर्न शुरु गर्दछन् । बावुको अकालमा नै मृत्यू भएको हुनाले र बावुको हिसाब फच्र्युट गर्न बाँकि रहेको कारणले गर्दा उनी जेल सम्म पुग्दछन् । जेलबाट छुटेपछि गाउँमा बाढी आएको र बाढीले कुलोको बाँध बगाएको भन्ने दृष्यहरु निकै नै मनमोहक छन् । अन्त्यमा गिरीधारी भाट सँगैको मुद्दाको तारेख खेप्दै गरेका भानुभक्त एक्कासी बिरामी पर्दछन् र उनको मस्र्याङ्दीको सतिघाटमा गएर आफ्नो प्राण त्याग गर्ने अन्तिम इच्छ्या सँगै नाटकको फ्लास ब्याक सकिन्छ ।
यत्तिकैमा स्टेजमा फेरी शुभचिन्तक आइपुग्दछन् । भावुक मुद्रामा देखिएका उनले मान्छेले कामको आधारमा बनाएको पहिचान नै सबैभन्दा ठूलो पहिचान भएको स्विकार्दछन् । अन्त्यमा घाँसी सबै कर्मयोगिहरुको प्रतिनिधित्व गर्ने प्रेरणाको पात्र भएको प्रशंग सँगै नाटकको अन्त्य हुन्छ ।
प्रभाकर न्यौपानेको लेखन÷निर्देशन रहेको नाटक करिव डेढ घण्टा लामो छ । शुभचिन्तकको रुपमा प्रेम पौडेलको अभिनय रहेको नाटकमा प्रकेस सिन्धुलियले भानुभक्त,बासुदे्व खनालले घाँसी र साक्षी लम्सालले चन्द्रकलाको अभिनय गरेका छन् । त्यसै गरी नाटकमा मानसराज, प्रभात निरौला, रमेश दाहाल, चाँदनी शाही, प्रल्हाद खरेल, पुष्पराज अवस्थी, राधा श्रेष्ठ, राजन भुजेल, मेलिना गुरुङ, श्रेया भुषाल, वीरेन्द्र खाती, कमल बोहोरा लगायत करिव डेढ दर्जन कलाकारहरुको अभिनय रहेको छ ।

Comments