हङकङ यात्रालाई अविस्मणीय बनाउँदै प्रकृति
screennepal
प्रकाशित: २०७४, १२ मंसिर मंगलवार
no img

काठमाडौं, १२ मंसिर । गायिका प्रकृति थलङ यतिखेर हङकङमा छिन् । चाँगे धर्तीमाता कोष संस्था हङकङले आयोजना गरेको सांगीतिक कार्यक्रममा सहभागी हुन उनी केही दिनअघि त्यहाँ पुगेकी हुन् । पहिलोपटक सांगीतिक कार्यक्रमको दौरानमा हङकङ पुगेकी प्रकृतिले त्यहाँका नोपाली दर्शकको मन जित्न सफल भएकी छन् ।


‘आर्थिक अभावमा छट्पटाइरहेका विमारीहरुको पुर्नजीवनका निम्ति’ भनि सहयोगार्थ सो कार्यक्रममा सहभागी हुन प्रकृतिसँगै अभिनेत्री केकी अधिकारी, बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, नेपाल आइडलमा सहभागी भएर चर्चामा आएकी केञ्जल मेहर श्रेष्ठ र गायक सेरबहादुर गुरुङ सहभागी छन् । उनीहरु २६ नोभेम्बरमा हङकङेली दर्शकमाझ प्रस्तुत भए । अरु कलाकारका लागि हङकङ कार्यक्रम पहिलो होइन, तर प्रकृतिका लागि भने यो कार्यक्रम विशेष र यादगर बनेको छ । स्क्रीन नेपालसँग कुरा गर्दै गायिका तथा मोडल समेत रहेकी प्रकृतिले भनिन्, ‘यो मेरो पहिलो हङकङ यात्रा हो ।
कार्यक्रम निकै रहमाइलो भएको छ । मेरा लागि पहिलो हङकङको यो कार्यक्रम पक्कै स्मरणीय रहनेछ ।’ यतिखेर हङकङमा रहेका यी कलाकारले अन्य विभिन्न सांगीतिक तथा सम्मान कार्यक्रमहरुमा पनि सहभागी जनाइरहेका छन् । उनीहरु यसै साता नेपाल फर्कँदैछन् ।

Comments