खोटाङ समाज हङकङद्वारा सहयोग हस्तान्तरण
screennepal
प्रकाशित: २०७४, ८ मंसिर शुक्रबार
no img

काठमाडौं, ८ मंसिर । मृगौलापीडित खोटाङ भई हाल धरान बगैचा लाइनमा स्थायी बसोबास गर्दै आएका हङकङमा घरेलु कामदारको रुपमा कार्यरत विजय राईलाई खोटाङ समाज हङकङको पहलमा संकलित सहयोग रकम साम्पाङ जुम्लेखाका कोषका अध्यक्ष मणि राईको हातमा हस्तान्तरण गरिएको छ ।
हङकङ डलर एक लाख ६१ हजार अर्थात् नेपाली २१ लाख २५ हजार २ सय रुपैयाँ खोटाङ समाज हङकङले संकलन गरेर हस्तान्तरण गरेको हो ।
डोमेस्टिक हेल्परको रुपमा कार्यरत विजय बिरामीले थलिएपछि डक्टरी चेकजाँच गराउँदा उनको दुवै मृगौलाले काम नगरेको रिपोर्ट आएको थियो । त्यसपछि उनी क्विन एलिजाबेथ अस्पतालमा भर्ना भएको, समाजका अध्यक्ष टिका कोयी राईले बताए ।
‘त्यसपछि, अस्पतालले दुवै मृर्गौला फेर्नुपर्ने सल्लाह दिएको र त्यसका लागि आर्थिक रकम अपुग भएपछि सहयोग संकलन शुरु गरिएको हो’ उनले बताए । आफन्तले मृगौला दिएपनि मृगौला प्रत्यारोपण गराउनका लागि आर्थिक अभाव भएकाले सहयोग संकलन शुरु गरिएको थियो ।
समाजका अध्यक्ष राई, उपाध्यक्ष निकेश गुरुङ र सचिव संजोग राईलगायतको संयोजकत्वमा सहयोग संकलन गरिएको हो ।
समाजले विजयको स्वास्थ्य लाभको कामना गर्दै २१ नोभेम्बर साँझ नेपाल फाईनान्स हङकङको कार्यालयमा औपचारिक कार्यक्रम गरि साम्पाङ जुम्लेखा हङकङलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

Comments