तेह्रथुमे ढाकामा यस्ता देखिए मोडलहरु (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७४, ७ मंसिर बिहीबार
no img

काठमाडौं, ७ मंसिर । जमलस्थित राष्टिय नाचघरको प्रेक्षालय सोमबार साँझ पर्दै जाँदा विभिन्न मोडलहरुको हाउभाउले रंगिदैथियो । स्टेज अगाडि दर्शकको भरिभराउ, जहाँ पर्खाइ हुँदैथियो एउटा विशेष शोको । अन्ततः पर्खाइको धैर्यता लामो समय रहेन । ढाका र ढाका कन्ट्रास्ट पहिरनमा सजिएका एक हुल पुरुष–महिला मोडलहरु स्टेजमा देखिए । दर्शकदीर्घाबाट आवाज आयो, ‘वाह कस्तो राम्रो पहिरन ।’ जहाँ, ललितपुरको मिलनचोकस्थित तेह्रथुमे ढाका बुटिकको ‘ढाका कन्ट्रास्ट पहिरन’को सिक्वेन्स प्रस्तुत हुँदैथियो ।


त्यो कार्यक्रम तेह्रथुमे ढाका बुटिकको त थिएन । जहाँ मिस लिम्बूको पाँचौ संस्रकणको फाइनल हुँदैथियो । सोही कार्यक्रममा बुटिकले आफ्नो विशेष शो गरेको हो । उ क्त विशेष ढाका सिक्वेन्स फेसन शोमा बुटिककी सञ्चालक तथा फेसन डिजाइनर निरु आङबुङ र संगीता लिंखा लिम्बूले तयार गरेका ढाका पहिरनमा एक दर्जन मोडल प्रस्तुत भएका थिए ।

परम्परागत तथा आधुनिक ढाका पहिरनमा ज्योति थोप्रा, निशा पोमु, रुपमा आङबुहाङ, रेखा फागो, लक्ष्मी योङहाङ, सोना पालुङवा र एसिका सम्बाहाम्फे प्रस्तुत भएका थिए भने ढाकाकै पुरुष पहिरनमा वरुणजंग लिम्बू, सरोज लिम्बू थाङदेन, विशाल सेनेहाङ, काजी सम्बाहाम्फे, श्याम सिंगक र मनोज थापामगर पनि -याम्पमा उत्रिएका थिए । पछिल्लो समय तेह्रथुमे ढाका पहिरनले लोकप्रियता पाइरहेको छ ।

Comments